भक्तपुर प्रहरीको ‘स्वीप अपरेशन’ : एकैदिनमा ६० जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (६ घण्टा अघि)
  • ६८ पटक पढिएको
भक्तपुर प्रहरीको ‘स्वीप अपरेशन’ : एकैदिनमा ६० जना पक्राउ

काठमाडौं, २२ चैत्र । भक्तपुर प्रहरीले ‘स्वीप अप्रेशन’ सञ्चालन गरी ६० जनालाई पक्राउ गरेको जनाएको छ ।

चैत २१ गते जिल्ला प्रहरी परिसर र मातहतका वृत्तबाट ६० जना पक्राउ गरेको जनाएको छ ।

मोटरसाइकल लगायतका चोरीमा संलग्न र शंकास्पद व्यक्तिहरुलाई निगरानीमा राख्दै आएको छ । सोही क्रममा एकैदिन ६० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवम् डीएसपी प्रकाश जबेगुले जानकारी दिए ।

भक्तपुर प्रहरीले यस अभियानलाई ‘स्वीप अप्रेशन’नाम दिएको छ । यो अपरेसन आगामी दिनमा पनि निरन्तर जारी रहने डिएसपी जबेगुले जानकारी दिए ।

यसबीच भक्तपुर प्रहरीले मादक पदार्थ सेवन गरी यात्रुवाहक बस चलाउने एक चालकलाई पक्राउ गरेको छ । चैत २१ गते राधेराधेमा चेकिङको क्रममा ती चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस