भारतको इन्दौरमा इलेक्ट्रिक कार चार्जिङ विस्फोट : ७ जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ४, बुधबार (६ दिन अघि)
  • ८० पटक पढिएको
भारतको इन्दौरमा इलेक्ट्रिक कार चार्जिङ विस्फोट : ७ जनाको मृत्यु

काठमाडौँ, ०४ चैत। भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौरमा विद्युत शर्ट हुँदा भएको आगलागीमा परी सात जनाको मृत्यु भएको छ । बुधवार बिहानै भएको घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

इन्दौरको बंगाली चौराहनजिकै रहेको कोलोनीमा बिहान ४ बजे घटना भएको हो । घटनाका बेला अधिकांश मानिसहरू आ–आफ्नो घरमा सुतिरहेका थिए ।

इन्दौरका पुलिस कमिशनर सन्तोषकुमार सिंहले घर बाहिर चार्जिङमा राखिएको इलेक्ट्रिक कारबाट आगो सल्किन सुरू भएको बताएका छन् । ‘प्रारम्भिक जाँचका क्रममा बिहान करिब ४ बजे चार्जिङ प्वाइन्टमा शर्ट सर्किट हुँदा कारमा आगो लाग्यो,’ उनले भने, ‘केही मिनेटमै आगो घर भित्र फैलियो । घरभित्र ठूलो संख्यामा ग्यास सिलिन्डर राखिएका थिए ।’

घरभित्र राखिएका झण्डै १५ ग्यास सिलिन्डरहरू आगोका कारण विष्फोट भएका बताइएको छ । प्रत्यक्षदर्शीले चार सिलिन्डर एकपछि अर्को गरी विष्फोट भएका बताएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस