भारतीय गाडीको ठक्करले कञ्चनपुरमा साइकलयात्रीको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ८, आईतबार (२ दिन अघि)
  • ५१ पटक पढिएको
भारतीय गाडीको ठक्करले कञ्चनपुरमा साइकलयात्रीको मृत्यु

धनगढी, ०८ चैत। कञ्चनपुरको भिमदत्त नगरपालिका–५ बनगाउँमा शनिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको युके ०६ बीएन २८२९ नम्बरको भारतीय कारले ठक्कर दिँदा सोही ठाउँका ६५ वर्षीय साइकलयात्री मोहन शाही गम्भीर घाइते भएका थिए । उनको महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न कार र चालक भारतको रुद्रपुर बस्ने ४० वर्षीय राजेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस