
काठमाडौँ, १५ चैत। मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । दिउँसो २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।
नयाँ सरकार गठन भएपछि बस्न लागेको यो दोस्रो मन्त्रिपरिषद् बैठक हो । यसअघि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले ४ वटा निर्णय लिएको थियो ।
जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय सरकारले गरेको थियो ।
त्यस्तै, शासकीय सुधारका एक सय कार्यसूची पनि उक्त बैठकबाट स्वीकृत भएको थियो ।
