मुगुमा अझै संकलन भएनन् मतपेटिका

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २२, शनिबार (६ दिन अघि)
  • १०८ पटक पढिएको
मुगुमा अझै संकलन भएनन् मतपेटिका

काठमाडौं, २३ फाल्गुन । अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेका बेला मुगुमा मतपेटिका संकलन हुनै बाँकी छ ।

मुगुका मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार दुईवटा केन्द्रको मतपेटिका सदरमुकाम लगिँदैछ ।

‘मुगुको मुगूम कार्मारोङ गाउँपालिकाको मुगु गाउँ केन्द्र र डोल्फु केन्द्रको मतपेटिका बाटोमा बोकेर ल्याउँदैछन् । ८० किलोमिटर दुरी छ, हिँडेर मतपेटिका बोकेर ल्याउने हो । उकालो ओरालो छ,’ उनले भने ।

मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी छ । दिउँसो २ बजेपछि सुरु हुन्छ कि भन्ने अपेक्षा रहेको उनले जानकारी दिए ।

मुगुमा एउटै निर्वाचन क्षेत्र छ । एमालेबाट पूर्णबहादुर रोकाया, कांग्रेसबाट खड्ग शाही, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रबहादुर शाही, रास्वपाबाट भुवन टमाटा, राप्रपाबाट बलबहादुर मल्ल उम्मेदवार रहेका छन् ।

प्रलोपाबाट ऐटनकुमार मल्ल र नेकपा माओवादीबाट रंगवीर परियार उम्मेदवार रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस