रवि लामिछानेको भनाइ: शहीद परिवारलाई न्यायको पहिलो हक

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २०, शुक्रबार (१० घण्टा अघि)
  • ९६ पटक पढिएको
रवि लामिछानेको भनाइ: शहीद परिवारलाई न्यायको पहिलो हक

काठमाडौं, २० चैत। रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।

उनले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले न्यायको हतारो आफ्ना सन्तान गुमाएका बालबालिकाहरूलाई हुने बताए ।

उनले न्याय पाउने पहिलो हक शहीद र घाइते परिवारको भएको दाबी गरे । उनले राजनीतिक रूपमा शहीदका परिवार र आमाहरूको न्यायको हकलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘न्यायको हतारो त घरमा आफ्नो कलिला बालबालिका गुमाएका आमाहरूलाई छ होला नि । त्यो जति हतारो अरू कसैलाई पनि छैन । न्यायको हक सबैलाई छ, तर शहीदको आमाको आँसु पुछ्ने काम सबैभन्दा पहिला हुनुपर्छ । हामी पब्लिक अडिटमा छौँ । हाम्रा हरेक क्रियाकलाप, अभिव्यक्ति, राजनीतिक अभ्यास र निर्णयहरू आम नागरिक सामु छन् ।’

लामिछानेले आफ्नो पार्टी र नेताहरू सधैँ ‘पब्लिक अडिट’ मा रहेको बताए । उनले पार्टीका हरेक गतिविधि, अभिव्यक्ति र राजनीतिक निर्णयहरूलाई नागरिकले नजिकबाट नियालिरहेको बताए ।

उनले रास्वपाले गर्ने हरेक निर्णय पारदर्शी हुनुपर्ने र नागरिकको अपेक्षाअनुसार नै पार्टी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस