राष्ट्र बैंकमा पण्डितको प्रवेश, डेपुटी गभर्नरमा नियुक्ति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २४, मंगलबार (१ घण्टा अघि)
  • ८३ पटक पढिएको
राष्ट्र बैंकमा पण्डितको प्रवेश, डेपुटी गभर्नरमा नियुक्ति

काठमाडौं, २४ चैत्र । राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो ।

संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो ।

पण्डित विसं २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् ।

उनले बैंक सुपरीवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायत विभागमा रहेर काम गरिसकेका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस