रौतहटमा २ लाख ५० हजारभन्दा बढी मत खस्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (४ दिन अघि)
  • १८९ पटक पढिएको
रौतहटमा २ लाख ५० हजारभन्दा बढी मत खस्यो

रौतहट, २२ फाल्गुन। आज जारी मतदानमा रौतहटमा आज २ दिउँसोसम्म ५० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो २ बजेसम्म करिब दुई लाख नौ हजारभन्दा बढी मतदाताले मतदान गरिसकेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मतदान भइरहेको जनाए ।

उनका अनुसार जिल्लाभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ । रौतहटमा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् । मतदानका लागि जिल्लाभर २७७ मतदानस्थलमा ५४१ मतदान केन्द्र कायम  छ ।

जिल्लाका २७७ मतदानस्थलमध्ये १५२ स्थानलाई अतिसंवेदनशील र १०० स्थानलाई संवेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरिएको थियो भने बाँकीलाई सामान्य सूचीमा राखिएको छ ।

अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा निकाय परिचालन गरिएको प्रमुख जिल्ला जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । जिल्लाभर हालसम्म कुनै अप्रिय घटना नभई उत्साहका साथ मतदान प्रक्रिया जारी रहेको प्रजिअ भुसालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस