सप्तरी–२ मा सिके राउत पराजित, रास्वपाका रामजी यादव विजयी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २३, आईतबार (२ दिन अघि)
  • १०५ पटक पढिएको
सप्तरी–२ मा सिके राउत पराजित, रास्वपाका रामजी यादव विजयी

काठमाडौं, २४ फाल्गुन । जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा आएको छोटो समयमै रोकिन पुगेका छन् । राउतलाई रोक्दै रास्वपाका रामजी यादव सप्तरी–२ बाट निर्वाचित भएका छन् ।

२८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ हजार ८८० मत प्राप्त गरे ।

जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिभान पार्टीक उम्मेदवार सतिशकुमार सिंहले ३५५७ मत पाएका छन् । उनी जनमतबाटै मधेशको मुख्यमन्त्री भएका थिए ।

यस्तै, कांग्रेसका रामकुमार यादवले २४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले ११२० र मोहम्मद जियाउन रहमान ८८३ मत पाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस