सर्लाहीको ब्रम्हपुरीमा तीन भारतीयसहित आठ जनाको मृत्यु मदिरा सेवनबाट भृत्यु भएको चिकित्सकले आशङ्का

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १, मंगलबार (४ साल अघि)
  • १३ पटक पढिएको
सर्लाहीको ब्रम्हपुरीमा तीन भारतीयसहित आठ जनाको मृत्यु मदिरा सेवनबाट भृत्यु भएको चिकित्सकले आशङ्का


राजिव शाह– सर्लाही ३१ जेठ
सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–५, पडरिया गाउँमा चार दिनमा तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको छ । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट भृत्यु भएको चिकित्सकले आशङ्का गरेका छन् । नेपाल–भारत सीमा दशगजाबाट करिव दुई किलोमिटर उत्तरतर्फ पर्ने पडरिया गाउँमा संचालित एक घरेलु मदिरा उत्पादन गर्ने भट्टी पसलमा मदिरा सेवन गरेकाहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहनु भएको छ । यस्तै, भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ । मृतक तीनै जना भारतीय नागरिक चन्दन इँटा उद्योग पडरियाका मजदुर हुन् । अन्य पाँच जना भने पडरिया गाउँका स्थानीयवासी रहेका बुझिएको छ ।तीनै जना भारतीय नागरिकको २८ गते, स्थानीय राम ईश्वर पासवान र दिनकर दासको २९ गते, कैलु दासको ३० गते र जुगेश्वर माझी र बलिन्द्र दासको सोमवार बिहान मृत्यु भएको ब्रह्मपुरी गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक उपेन्द्र राउतले जानकारी दिए । मृतक पाँच जनामध्ये मदिरा सेवन गरेर मजदुरीका लागि भारततर्फ जाँदै गर्दा राम ईश्वर पासवान र दिनकर दासको भारतकै आग्रा भन्ने ठाउँमा पुग्दा मृत्यु भएको हो । मदिरा सेवन गरेका थप तीन जना स्थानीय बिरामी परेका छन् । दुई जना बिरामीको जिल्ला अस्पताल मलङ्गवा र एक जनाको श्रीराम अस्पताल मलङ्गवामा उपचार चलिरहेको छ । मदिरा पसलका संचालक देवराज कापर आफै पनि बिरामी परेका छन् । चार दिनमा आठ जनाको मृत्यु भएपछि सोमवार बिहान स्वास्थ्य निर्देशनालय जनकपुरबाट डा. कमलेश यादव, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएजओ) बाट डा. किरण बास्तोला, जिल्ला अस्पताल मलङ्गवाबाट डा. अविनाश कुमार सिंहसहित जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले मदिरा पसल संचालनमा रहेको गाउँको निरीक्षण गरेको छ । निरीक्षणका क्रममा १३ जनाको एन्टिजेन विधीबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक राउतले बताए । ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष विनोद कुमार साहले मृत्यु भएका आठै जना र बिरामी परेका तीन जनाले विषाक्त मदिरा सेवन गरेको पाइएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस