सुकुमबासी बस्तीमा डोजर नचलाउन सरकारसँग आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (२ घण्टा अघि)
  • ९३ पटक पढिएको
सुकुमबासी बस्तीमा डोजर नचलाउन सरकारसँग आग्रह

काठमाडौँ, ११ चैत। अखिल नेपाल सुकुमबासी संघले सुकुमबासी वस्तीहरूमा डोजर लगाएर आतंक सिर्जना गर्न बन्द गर्न माग गरेको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरी सुकुमबासी बस्तीहरूमा डोजर लगाउन तत्काल बन्द गर्न माग गरेको हो ।

सरकारले कानुनी रूपमा भूमिहीन, अव्यवस्थित, सुकमबासी समस्या समाधान गर्नुपर्नेमा उल्टो काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर लगाएर आतंक सिर्जना गरेको संघको आरोप छ ।

अखिल नेपाल सुकुमबासी संघका इन्चार्ज नरेन्द्र खड्काले काठमाडौंको टोखा नगरपालिका वडा ७ मा रहेको धापासीको सुकमबासी बस्तीमा रहेको १८ घरमा चैत ९ गते डोजर चलाइएको बताए । त्यसअघि काठमाडौंको सिफलमा र भक्तपुरमा रहेको सुकुमबासी बस्तीमा पनि डोजर चलाइएको उनको भनाइ छ ।

उनले वर्तमान सरकारलाई निर्वाचन बाहेक अरू काम गर्ने कुनै अधिकार नभएको उल्लेख गर्दै सुकुमबासी बस्तीमा डोजर चलाउने आवश्यकता किन पर्‍यो ? भन्दै प्रश्न गरे ।

उनले सुकुमबासी बस्तीमा डोजर चलाएको विषयमा सरकार बनाउन लागेको दल मौन बसकोमा पनि आपत्ति जनाए ।

ताजा अपडेट

खोजी गर्नुहोस