रमेश कुमार यादब
चैत ०८, रौतहट
रौतहटको बृन्दावन नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव किरण निधि तिवारी हाजिर भएका छन् । बुधबार बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले एक औपचारिक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकिय अधिकृत तिवारीलाई फुलमाला र टीका लगाएर भब्य स्वागत सहित हाजिर गराउनु भएको हो । यसभन्दा अघिका प्रमुख प्रशासकीय अधिकृत रंन्जय पटेल रहनु भएको थियो तर वहाँले नगरपालिकामा समय नदिएको कारणले बृन्दावन नगरपालिकाको कार्य अस्तब्यस्तमा पुगेका थिए ।
त्यस कारण बृन्दावन नगरपालिकाको नगर प्रमुख कुर्मि सहित वडाअध्यक्षहरू र कार्यालयका कर्मचारीहरूको उपस्थितिमा बुधबार तिवारीलाई हाजिर गराउनु भएका छन् । तिवारी जिल्लाकै चन्द्रपुर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गर्दै आईरहनु भएको हो । सोहि कार्यक्रमको सम्बोधन गर्दै बृन्दावन नगरपालिकाको नगर प्रमुख बिनोद प्रसाद कुर्मिले भने हाम्रो पालिका त यस्तै दुई बर्षदेखि बिपक्षीहरुको आन्दोलन बिवादले गर्दा समस्यामा चल्दै आईरहेको कुरा सबैमा सर्वबित्तिदैं छ ।
अर्को तिर हाकिमको कारण झनै समस्या तुल्याएको कुराले हामि अझै मारमा परेका छौ । तर अव देखि हामिले एउटा कुशल सक्ष्म र क्षमतावान हाकिम पाएको छौ अव हाम्रो नगरपालिकाको बिकास देखि लिएर रोकेर राखिएको काम जस्तै कर्मचारीको तलव, समाजिक सुरक्षाभता, बृद्धाभता, शिक्षक कर्मचारीको तलव लगायत जनप्रतिनिधिहरुको सेवा सुबिधा नियमपुर्वक प्रदान गरिने आशाबादी रहेका छौ, नगर प्रमुख कुर्मिले भने ।
वहाँले भने यस अघि पनि प्रमुख प्रशासकिय अधिकृतले जिल्ला प्रशासन कार्यालय चन्द्रपुरको प्रमुख लगायत रौतहटको बिभिन्न नगरपालिकामा काम गरिसक्नु भएको अनुभवी र पालिका चलाउने क्षमतावान हुनुहुन्छ । त्यस कारणले सङघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाडौंले स्थानिय सरकार सन्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृत नखटाईएसम्मको लागी हाल कार्यरत कार्यालयको कामकाजमा बाधा नपर्ने गरि प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गर्ने भनि थप जिम्मेवारी दिएर तिवारीलाई पठाएको हो ।
नगरपालिकामा हाजिर भएका प्रशासकीय अधिकृत तिवारीलाई नगर प्रमुख कुर्मि सहित वडाअध्यक्ष र कर्मचारीहरुले माला,टिका र खादा ओढाएर भव्य स्वागत पनि गरेका थिए । यस अघि नगरपालिकाका अधिकृत रंन्जय पटेल पालिकाको बागडोर सम्हाल्दै आएका थिए । तर अधिकृत पटेल बृन्दावन नगरपालिकामा समय नदिएको कारण नगरपालिकाका विकास निर्माण देखि लिएर अन्य कामकाज प्रभावित हुँदै आएको थियो उक्त कार्य पालिकामा नदोहरियोस भनेर अर्को हाकिम किरण निधि तिवारीलाई ल्याईएको हो ।
थप जिम्मेवारी पाएका तिवारी कार्यालय प्रमुखको कार्यभार सम्हालेपछि बृन्दावनमा अब विकास निर्माणको कार्य तीव्रता लिने अपेक्षा गरिएको छ ।कार्यालयमा हाजिर भएपछि तथा पदभार ग्रहणको क्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैं कार्यालय प्रमुख तिवारीले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहजताका साथ प्रदान गर्ने बताएका छन् । आम नागरिकको सेवा प्रवाहमा कुनै झन्झट र समस्या आउन नदिने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाउँदै प्रशासकीय अधिकृत तिवारीले सबै पक्षलाई एकढिका बनाएर अगाडि बढ्ने बताउनु भयो ।
आफूले नगरलाई सुखी, समृद्ध र विकसित नगर बनाउने उद्देश्यका साथ नै नगरपालिकामा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको बताउँदै तिवारीले आफूले गर्ने हरेक काममा जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गर्नु भएको थियो ।जनप्रतिनिधिको साथ र सहयोग बिना कुनै पनि काम असम्भव रहेको धारणा राख्दै तिवारीले जनप्रतिनिधिको साथ पाए कुनै पनि काम असम्भ नहुने भएको हुँदा जनप्रनितिधिहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएका थिए । उक्त कार्यक्रममा बृन्दावन नगरपालिकाको बिभिन्न वाडका वडाअध्यक्षहरु, कर्मचारी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।