वर्तमानकाल सम्वाददाता
बैशाख १३ गते ।
अभिनेता दिलीप रायमाझीकी छोरी दिब्याले नेपाली फिल्म ‘एक्टर’बाट अभिनय करिअर थाल्दैछिन् । बैशाख २० गतेदेखि फिल्म छायांकन सुरु हुँदैछ । मंगलबार फिल्मको शुभसाइत गरियो । नेपाल आउनुअघि उनी एक अमेरिकी प्रविधि कम्पनीमा इन्टर्नको रुपमा कार्यरत थिइन् । मेरिल्याण्डको टाउसन विश्वविद्यालयमा संगीत, नृत्य र अभिनय विषयमा स्नातकोत्तर गरेकी दिब्या फिल्ममा करिअर बनाउने सोचसहित आएकी हुन् ।
नारीप्रधान फिल्ममा काम गर्न उनको इच्छा छ । अध्ययनका लागि अमेरिका गएकी दिब्या स्वदेश फर्किएर अब फिल्म करिअरमा ब्यस्त हुँदैछिन् । यी आयाममा रहेर उनले संक्षिप्त कुरा गरेकी छन् ।
‘एक्टर’सँग कसरी जोडिनुभयो ?
यो फिल्मको निर्देशकसँग हामीले पहिलेदेखि कुरा गर्दै आएका थियौं । आफ्नो रुचि सेयर गरेको कारण हामीबीच मित्रता थियो । उहाँले पहिला पनि अर्को फिल्मलाई लिएर प्रस्ताव राख्नुभएको थियो । प्रोजेक्ट, कथावस्तु र रोल पनि मनप¥यो, अनि नेपाल आइहालेँ अभिनयमा आउने तपाईंको रुचि होे कि परिवारको सल्लाह ?ड्याडीको रगतमै अभिनयको प्यासन छ । म पनि ड्याडीलाई नै देखेर हुर्किएँ । उहाँलाई स्क्रिनमा देख्दा म आफै प्रभावित हुन्थेँ । त्यही भएर मलाई पनि रुचि थियो ।
अमेरिका गएपछि न्यूयोर्कमा मैले नाटक शो हेर्न थालेँ । थिएटर हेर्दा मलाई पनि अभिनयको भोक जागेको थियो । त्यसले मलाई झनै बल मिल्यो । त्यसअघिदेखि नै रुचि थियो । फिल्ममै लाग्छु भनेर निर्णय लिएको चाहिँ अमेरिका गएदेखि हो ।अभिनयमा लाग्न बुवाले तपाईंलाई कस्तो सल्लाह दिनुभयो ?उहाँले पहिलेदेखि नै सल्लाह दिनुभएको छ । कडा मिहेनत र प्रतिभावान बन्न भन्नुहुन्छ । ट्यालेन्ट भएपनि कडा मिहेनतको मतलबै हुँदैन भन्नुहुन्छ । उहाँले मलाई जहिले पनि घचघच्याउनुहुन्छ । एक्टर बन्ने हो भने पनि उत्कृष्ट एक्टर बन्ने प्रयास गर भन्नुहुन्छ ।
तपाईं दिलीप रायमाझीकै छोरीको रुपमा चिनिन चाहनुहुन्छ कि आफ्नै पहिचान बनाउन चाहनुहुन्छ ?
निश्चय नै, दिलीप रायमाझीको छोरी हुनु भनेको सौभाग्यको कुरा हो । पहिलो फिल्म भएकाले पनि होला सबैले दिलीप रायमाझीकी छोरीको रुपमा चिन्नु हुन्छ । तर, क्रमशः अन्य फिल्म गर्दै जाँदा मेरै पहिचानले चिन्नुहुन्छ । मेरो सोच पनि आफ्नै पहिचान र आफ्नै नामले चिनिनु हो ।
अभिनय करिअरको थालनी गर्न आफूलाई मानसिकरुपमा कसरी तयार पार्नुभयो ?
एकदमै तयारी गर्नुपर्छ । टिकटक, इन्स्टाग्रामको जमानामा झनै केयरफूल हुनुपर्छ । कमेन्टबाट टाढै बस्नुपर्छ । मुटु कमजोर बनाउनुभएन । बलियो हुनुपर्छ । पर्फमेन्सको रुपमा पनि पहिला म थिएटरकै विद्यार्थी हुँ । वर्कसप पनि गरेकी छु । डान्सिङ क्लास पनि गैरहेकी छु । उद्योगमा स्थापित आफूलाई तयार गरिरहेकी छु ।
अभिनयमै भविष्य बनाउने योजना छ कि ?
अमेरिकामा म आइटीमा मास्टर्सकी विद्यार्थी हुँ । त्यो सबै छाडेर अब नेपालमा एक्टिङमा लाग्छु भनेर मुभ भएकी हुँ ।