वर्तमानकाल सम्वाददाता
बैशाख १३ गते ।
भिटामिन ईले मासंपेशी बलियो बनाउने, रगत पातलो बनाउने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टका रुपमा पनि काम गर्छ ।
रोगप्रतिरोधक क्षमतालाई बलियो बनाउन र शरीरमा हुने विभिन्न एलर्जीबाट जोगाउन पनि यसको महत्वपूर्ण भूमिका हुन्छ । साथै रगतमा खराब कोलेस्टेरोल बढ्न नदिई राम्रो कोलस्टेरोललाई नियन्त्रणमा राख्न मद्दत गर्छ । त्यसैले मानव शरीरका लागि यो भिटामिन अत्यन्त आवश्यक छ ।
भिटामिन दुई प्रकारका हुन्छन्– पानी घुलनशील र बोसो घुलनशील । पानी घुलनशीलमा भिटामिन बी वान, भिटामिन बी कम्प्लेक्स र भिटामिन सी पर्छ । तर भिटामिन ई चाहिं बोसोमा घुलनशील भिटामिन हो । यो नियमित दैनिक खानपानमा समावेश गर्नुपर्छ ।
कति चाहिन्छ शरीरलाई ?
मान्छेअनुसार यसको आवश्यकता भिन्नाभिन्नै हुन्छ । यसको आवश्यकता उमेरमा भर पर्छ । नवजात शिशुदेखि किशोरावस्थासम्म दैनिक ४ मिलिग्रामदेखि ११ मिलिग्रामसम्म आवश्यक हुन्छ भने वयस्कलाई दैनिक १० देखि १५ मिलिग्राम भिटामिन आवश्यक हुन्छ । त्यस्तै गर्भवती महिलालाई दैनिक सामान्य व्यक्तिलाई भन्दा ५–६ मिलिग्राम बढी चाहिन्छ ।
औसतमा २० देखि ३० मिलिग्रामसम्म आवश्यक हुन्छ । त्यस्तै गर्भावस्था, स्तनपान गराउने महिला र
बिरामीहरुमा यसको मात्रालाई बढाउन र कम गर्न सकिन्छ ।
केमा पाइन्छ ?
भिटामिन ई ड्राइफ्रुट्स, बदाम, ओखर, सूर्यमुखीको बीउ, सागपात, तोरी, जैतुन, तिल आदिबाट प्राप्त हुन्छ ।
भिटामिन ई अभाव भएमा के हुन्छ ?
शरीरमा भिटामिन ईको कमी भएमा आँखा कमजोर हुने, आँखा
तिर्मिराउने, हिंड्दा खुट्टा लर्बराउने, शरीर कमजोर महसुस हुने, मासंपेशीहरु कमजोर हुने, शरीर हलचल गर्न गाह्रोजस्ता समस्या हुनसक्छ ।
कसरी परिपूर्ति गर्ने ?
भिटामिन ई खानपानबाट प्राप्त गर्न सकिन्छ । तोरीको तेल, बदाम, तिल, जैतुन आदिबाट यो भिटामिन प्राप्त हुनसक्छ । त्यसैले नियमितरुपमा खानामा तेल प्रयोग गर्नुपर्छ । तर कहिलेकाहीं भिटामिन ईको कमी भएमा परिपूरकका रुपमा खान सकिन्छ । तर चिकित्सकलाई जाँच गराएर मात्र खानुपर्ने हुन्छ, नत्र यसले फाइदाको सट्टा बेफाइदा गर्न सक्छ । भिटामिन ईको कमी दुर्लभ रुपमा मात्र हुन्छ । शरीरमा यसको अभाव एकदम न्यून भेटिन्छ ।
कसले खानुहुँदैन ?
पेटसम्बन्धी समस्या, मुटुको समस्या, रगतसम्बन्धी समस्या, कलेजोको समस्या भएका व्यक्तिलाई भिटामिन ई दिनुहुँदैन कि खानुहुँदैन । रगत पातलो गर्ने औषधि सेवन गरिरहेका व्यक्तिले यसले झन् स्वास्थ्यमा समस्या हुनसक्छ । किनभने रगत यसको अत्यधिक सेवनले रक्तस्रावको खतरा बढ्छ । त्यसैले गर्भवती महिलाले भिटामिन ईको सेवन कम गर्नुपर्छ । किनभने यसले गर्दा गर्भपतन हुने सम्भावना बढी हुन्छ ।
भिटामिन ईका फाइदा
भिटामिन ईले छालालाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामिन ईले छालालाई सुक्खा, चाउरीपन र सूर्यको
विकिरणबाट जोगाउँछ । साथै समयअगावै देखिने चाउरीपनको समस्याबाट टाढा राख्छ ।
भिटामिन ईले रातो रक्त कोषिकाको निर्माणमा सहयोग गर्छ । जसकारण मुटुरोगका जोखिम कम गराउँछ । त्यस्तै महिनावारीबाट हुने दुखाइबाट टाढा राख्न मद्दत गर्छ । स्ट्रोक अर्थात् मस्तिष्कघात र क्यान्सर जस्ता दीर्घकालीन रोगबाट जोगाउँछ । फलफूलमा फाइबर र एन्टीअक्सिडेन्ट भरपुर हुन्छ । फलफूल दैनिक खाँदा छाला आकर्षक हुने र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुग्छ ।
फलफूल खाने खास यही समय भन्ने त छैन, तर पनि बिहान वा दिउँसो खाने चलन छ । यसमा प्रश्न आउँछ के राति फलफूल खाँदा कुनै हानि गर्छ त ? यसमा धेरै हदसम्म सत्यता छ । शरीरलाई चिसो प्रदान गर्ने भएकाले सकेसम्म सुन्तला,
केराजस्ता फलफूल राति नखाएकै राम्रो हुन्छ । आयुर्वेदमा फलफूल मात्रा नभई अन्य खानेकुरा पनि सूर्यास्तअघि नै खानुपर्छ भन्ने उल्लेख छ । दिनभरको कामले शरीरलाई थकाइ लागेजस्तै पाचन अंगहरुलाई पनि थकाइ लाग्छ । सूर्यास्तपछि फलफूल वा अन्य खानेकुरा खाँदा मुटु र कलेजोलाई धेरै भार पर्छ ।
कहिले खाने ?
सबै फलफूलको आ–आफ्नै गुण हुन्छ । तर फलफूल खाने उत्कृष्ट समय बिहान हो भने दिउँसो खाँदा पनि फाइदाजनक नै हुन्छ । जस्तै, अम्लीय वर्गको फलफूलमा प्रशस्त मात्रामा भिटामिन सी र एन्टीअक्सिडेन्ट हुन्छ । यस्ता फलफूल बिहान सेवन गरेमा शरीरको प्रतिरोधी क्षमता बढाउँछ । शरीरका विषाक्त तत्व निकाल्न सहयोग गर्छ ।
कसरी खाने ?
फलफूलमा स्वाद बढाउन नुन, कालो मिर्ची र चाट मसला मिसाएर खाने चलन छ । यसरी खाँदा रगतमा सोडियमको मात्रा बढेर उच्च रक्तचाप हुने जोखिम हुन्छ । फलफूलमा प्राकृतिक रुपमा नुन हुने भएकाले त्यत्तिकै खाँदा हुन्छ । फलफूलमा पाइने फाइबर नष्ट हुन नदिन सकेसम्म जुस बनाएर नखानु राम्रो हुन्छ ।
कस्तो फलफूल खाने, कति खाने ?
प्राकृतिक रुपमा उत्पादन भएको मौसमी फलफूल खानुपर्छ । कोल्ड स्टोरमा राखिएको वा प्रशोधित गरिएका फलफूल खानु त्यति स्वास्थ्यवर्द्धक मानिंदैन । जुनसुकै खानेकुरा भोक लागेमा मात्रै खानुपर्छ । फलफूल पनि भोक लागेको बेलामा मात्रा मिलाएर दिनको दुईपटकसम्म खान सकिन्छ । यसमा फाइबर भरपुर मात्रामा हुने भएकाले यसले मेटाबोलिजमलाई सक्रिय बनाउँछ, तर धेरै खानु भने हुँदैन ।