वर्तमानकाल सम्वाददाता
बैशाख १९ गते ।
रौतहटको गरुडा नगर भित्र करिब दुई महिनादेखि खानेपानीमा समस्या भएका कारण उपभोतmाहरु मर्कामा परेका छन् । खानेपानी तथा सरसफाई उपाभोतmा समिति गरुडाले खानेपानी टंयाकीबाट वितरण गर्दै आएको पानीमा लेदो तथा कम पानी आउने समस्या रहेको हो । तराईमा बढेको अचाक्ली गर्मीमा खानेपानी अभाव हुँदा यहाँका उपभोतmाहरु मर्कामा परेका छन् । गरुडाका स्थानिय पवन कुमार उपाध्यायका अनुसार खानेपानी माथिल्लो तल्लामा रहेको टयाङ्गी सम्म पुरयाउन गाह«ो छ ।
१ हजार २सय भन्दा बढी स्थानीय उपभोक्ता तथा विभिन्न कामको सिलसिलामा बाहिरबाट आएर पनि सयौँ मानिस भाडामा बसिरहेको गरुडा बजारमा पानीको समस्या विकराल भएपछि बारी तथा छानामा लगाइने सम्पूर्ण बालीबिरुवा सुकेका छन् । धेरै उपभोक्ताले बजारमा पाइने बोतल तथा जारको पानी किनेर नुहाउन तथा लुगा धुन प्रयोग गरिरहेको उहाँले जानकार िदिनुभयो ।
खानेपानी जस्तो आधारभूत र संवेदनशील आवश्यकतामा पहिलेदेखि नै उपभोक्ता समिति गम्भीर हुन नसकेको गुनासो सर्वसाधारणको छ । हरेक वर्ष समस्या हुँदा पनि समाधान नगरी समस्यालाई समितिले झन् बल्झाउँदै गएको र गरुडाको खानेपानी समस्याले विकराल रूप लिएको स्थानीयको आरोप छ । चारैतिरबाट असन्तुष्टि बढेपछि समितिका कतिपय पदाधिकारीहरू समस्यालाई समाधान गर्नुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेको बुझिएको छ ।
समितिले खानेपानीको समस्या समाधान गर्न नसके नगरपालिकाले तत्काल हस्तक्षेप गरी सर्वसाधारणलाई खानेपानीको उचित व्यवस्थापन गर्नुपर्ने उपभोक्ताहरूको माग छ । गरुडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पंकज कुमार जैसवालले पछिल्लो समय लेदो पानी आएको तथा पानीमा प्रेसर नभएको स्वीकार गर्नुभएको छ ।
वर्षा नभएर गर्मी बढेपछि खानेपानीको समस्या बढेको भन्दै उहाले गरुडाको खानेपानी समस्या सामधानका लागि प्रत्यनशिल भएर लागेको जिकिर गर्नुभयो । स्थानिय जनप्रतिनिधिहरुको असहयोगका कारण समस्या भएको उहाँले दावी गर्नुभयो । तर गरुडाका नगरपालिका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले यस विषयमा नगरपालिकालाई कुनै औपचारिक जानकारी नआएको बताउनुभयो । यद्यपि, खानेपानीको समस्याका बारेमा गुनासो आएकाले यथार्थ वुझेर सामधान गर्ने उहाँले प्रतिवद्धता व्यतm गर्नुभयो ।