रमेश कुमार यादब
बैशाख १९, रौतहट
यस वर्ष विद्यार्थीले समयमा नै किताब पाउन थालेका छन् । सरकारले २०८० को शैक्षिक सत्र वैशाख ३ गतेबाट सुरु गरेको थिए । अहिले विद्यार्थी भर्ना अभियान सञ्चालन भइरहेको पनि छ । तर अहिले नै अधिकांश जिल्लाका बालबालिकाले हात(हातमा किताब पुग्न थालिसकेको छ । सोहि अनुरुप रौतहट जिल्लाको वृन्दावन नगरपालिकाको वार्ड नं. ६ हर्षाहा स्थित रहेको श्री बतहु माध्यमिक विद्यालयमा नगर प्रमुख बिनोद प्रसाद कुर्मीले किताब वितरण गरेका छन । मंगलबार बिधालयमा एक कार्यक्रमको आयोजना गरि कक्षा १ देखि १० सम्मका बिधार्थीहरुलाई किताब बितरण गर्नु भएको हो ।
किताब बितरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुर्मीले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्दै शिक्षाको महत्वको
बारेमा जोड दिएका थिए । उनले विद्यार्थीहरूलाई पढाइमा लगनशील रहन तथा आफ्नो भविष्य निर्माणमा ध्यान दिन समेत आग्रह गरेका थिए । आफ्नो नगर भित्र पर्ने सम्पुर्ण बिधालयका बिधार्थीहरुलाई पढाई लेखाईमा कुनै प्रकारको समस्या नपरोस भनि उदेश्यले समयमा नै किताब बितरण गरि पढाई लेखाई सुचारु गर्ने अठोट लिएका बताए ।
आगमि हाम्रो देशका कर्णधार यिनै स–साना बालबालिकाहरु रहेकोले यिनीहरुलाई पढाईलिखाईमा कुनै प्रकारको राजनितिक नगर्न अभिभावाकवर्गलाई आग्रह गर्नु भएका थिए । साथै बिधालयमा कुनै पनि शिक्षक शिक्षिकाले राजनेतिक नगर्न आग्रह समेत गर्नु भएका थिए र यदि त्यस्तो गरेको पाईएका हदैसम्मको कानुनी कार्यावाहि गर्ने नगर प्रमुख कुर्मिले चेतावनी समेत दिएका थिए । त्यसतै कार्यक्रममा शिक्षा अधिकृत, स्थानीय समुदायका नेता, अभिभावक तथा शिक्षकहरूको पनि सहभागिता रहेको थियो। उनीहरूले पनि विद्यालयको शैक्षिक स्तर उकास्न आ–आफ्ना तर्फबाट सहयोग गर्ने बचन दिएका थिए ।
विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले विद्यालयमा उपलब्ध शैक्षिक सुविधाहरूलाई थप प्रभावकारी बनाउने योजना बारे जानकारी दिँदै, विद्यार्थीहरूको समग्र विकासका लागि समुदाय र सरकारी निकायको सहयोग माग गरेका थिए । यस किसिमका कार्यक्रमहरूले सामुदायिक सहभागिता बढाउने तथा शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । नगर प्रमुख कुर्मीले भने जस्तै, शिक्षा हो, जुन समाजको अग्रगामी उन्नतिको मूल आधार हो ।
उनको यो अभियानले विद्यार्थीहरूमा नयाँ उत्साह र सिकाइको भावना जगाउने कुरामा विश्वास गरिएको छ । उनले शिक्षा तथा साहित्यमा गरेका योगदानका लागि वार्ड ६ को लोकप्रियता नै बढाउनु भएको छ। उनले आफ्नो समय र संसाधनलाई बिधालय र छात्र(छात्राहरूको लागि उपयुक्त बनाउनका लागि धेरै प्रयास गरेका छन । उनको यो सराहनिय कार्यले बिधालयको छात्र(छात्राहरूको मन र मन्तव्यमा पनि गहिरो प्रभाव गर्नेछ । यस कार्यमा शामिल भएका नगर प्रमुख कुर्मीले छात्र–छात्राहरूको उत्साह तथा प्रेरणा बढाउने लक्ष्य राखेका छन् ।
उक्त बितरण कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष हरि नरायण प्रसाद पटेल , नेपाली काग्रेसका युवा नेता हरि नरायण साह,रामकल्याण यादब, प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेल, जनप्रतिनिधि लगायत स्थानिय अभिभावकहरुको सहभागिता रहेको थियो ।