वर्तमानकाल सम्वाददाता
बैशाख २२ गते ।
गर्मी बढेसँगै लु लगायत विभिन्न स्वास्थ्य समस्याको जोखिम पनि बढ्ने गर्छ । त्यसैले चर्को गर्मीमा बाहिर ननिस्कनु राम्रो मानिन्छ । तर बाहिर काम हुनेहरूका लागि यो सम्भव हुँदैन । त्यसैले दिउँसो चर्को घाममा घरबाट बाहिर निस्कनु परेमा यी पाँच कुरा ख्याल गर्नुपर्छ ।
फिक्का रंगको खुकुलो सुतीको कपडा लगाउने
गर्मीमा फिक्का रङको लुगा लगाउनाले पसिना आउनबाट रोक्छ र चिडचिडापनबाट टाढा राख्छ । गाढा रङका कपडाले भने घामको रापलाई सोस्ने गर्छ, जसले गर्दा अत्यधिक पसिना आउँछ र घमौरा समेत आउँछ । त्यसैले गर्मी मौसममा घाममा निस्कनुअघि हल्का रंगको सुतीको कपडा लगाउनुपर्छ । साथै सुक्खा रुमाल वा वाइप्स पनि साथमा
राख्नुपर्छ ।
सुतीको कपडा नरम र आरामदायक हुन्छ । चर्को घाममा फिक्का रङको खुकुलो सुतीको कपडा लगाउँदा त्यसले सूर्यको किरण रोक्छ र शीतल महसुस गराउँछ । सुतीको कपडाले पसिनालाई पनि सोस्छ र शीतलता प्रदान गर्छ । सुतीको कपडाले हावालाई राम्रोसँग पास हुन दिन्छ, जसले गर्दा कम गर्मी महसुस हुन्छ ।
चस्मा
चर्को घाममा चस्मा लगाउनुका धेरै फाइदा छन् । आँखाको सुरक्षा, आँखाको तनाव कम गर्ने, बाहिरी धुवाँधुलोबाट बचाउने, आँखा वरपरको छालाको सुरक्षामा चस्माले सहयोग पु¥याउँछ ।चस्माले यूबीए र यूबीबी जस्ता सूर्यको हानिकारक किरणहरूलाई पनि रोक्छ । त्यसैले चस्मा किन्दा यस्ता
हानिकारक किरणहरू रोक्ने ठूलो फ्रेम भएको किन्नु उपयोगी हुन्छ ।
छाता वा ह्याट
ह्याटले टाउको, कान, अनुहार र घाँटीलाई घामबाट जोगाउँछ । गाढा नीलो ह्याटले अनुहार र टाउकोबाट धेरै पराबैजनी किरणहरू प्रतिबिम्बित गर्छ ।
सेतो वा हल्का रङको छाताले चर्को घामलाई प्रतिविम्बित गर्छ । त्यसैले घामबाट बच्न सेतो छाताको प्रयोग गर्नु बढी फाइदाजनक हुन्छ ।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले ६ महिनामुनिका शिशुहरूलाई प्रत्यक्ष घामबाट टाढा राख्न सुझाव दिन्छ । यदि बच्चाहरूलाई कडा घाममा
राख्नै पर्छ भने पनि उनीहरूलाई छाताको छायामा राख्नु र ह्याट लगाइदिनु राम्रो हुन्छ ।
सनस्क्रिन क्रिम
सनस्क्रिनमा रहेका युबी फिल्टरहरूले छालालाई सूर्यबाट आउने हानिकारक यूबीए र यूबीबी किरणबाट जोगाउँछ, जुन छालाको क्यान्सरको मुख्य कारण हो । नियमित रूपमा सनस्क्रिन लगाएर ‘बेसल सेल कार्सिनोमा’ र ‘मेलानोमा’सहित विभिन्न प्रकारका छालाको क्यान्सरको जोखिम कम गर्न सकिन्छ । सनस्क्रिन लगाउनाले सन बर्नबाट बच्न सकिन्छ । सन बर्नले छालाको क्यान्सरको जोखिम पनि बढाउन सक्छ । त्यसैले कडा घाममा बाहिर निस्कनुअघि र तीन–चार घण्टाको फरकमा सनस्क्रिनको प्रयोग गर्नु राम्रो हुन्छ ।
पानीको बोतल
चर्को घाममा बाहिर निस्कनुअघि झोलामा पानीको बोतल राख्न बिर्सनु हुँदैन । गर्मीमा समय–समयमा पानी पिउँदा शरीर हाइड्रेटेड रहन्छ र डिहाइड्रेसनको समस्याबाट बच्न सकिन्छ । त्यसैले चर्को घाममा बाहिर निस्कँदा समय–समयमा पानी पिउनुपर्छ । गर्मीमा बाहिर निस्किएपछि अनुहार पसिनाले भिजेको हुन्छ, यस्तो अवस्थामा सुक्खा रुमालले बारम्बार अनुहार सफा गर्नुपर्छ । यदि झोलामा वाइप्स छ भने प्रयोग गर्न सकिन्छ ।
घामबाट फर्केपछि यी काम गर्ने
चर्को घामबाट फर्केपछि पनि केही कुरामा ध्यान दिएर शीतलता प्राप्त गर्न सकिन्छ । जस्तो, घर फर्किएपछि लुगा परिवर्तन गर्ने, पंखाको हावामा बस्ने, घामबाट फर्किने बित्तिकै कुनै पनि भारी काम गर्नु हुँदैन । यसबाट टाउको दुख्ने, बेहोस हुने, सन स्ट्रोक जस्ता समस्याबाट बच्न सकिन्छ ।
तराईका कतिपय जिल्लाहरुमा त गर्मीको प्रकोप बढि नै सकेको छ ।
अझै केही महिना गर्मी जारी रहने मौसमविद्हरुले बताइसकेका छन् । गर्मीको यो मौसममा विभिन्न प्रकारका समस्याहरु उत्पन्न हुनु स्वभाविकै हो । ती समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो ।
घमौरा
गर्मीमा हामी सबैलाई घमौराले अति नै सताउँछ । तराईका जिल्लाहरुमा त घमौराले झन् बढि दुःख दिन्छ । वास्तवमा गर्मीमा पटक–पटक पसिना आउँदा शरीरका रोमछिद्रहरु बन्द हुन्छन् । त्यसले छालामा स–साना दानाहरु देखा पर्छ । त्यसैलाई हामी घमौरा भन्छौं । शरीरमा घमौरा आउने बित्तिकै आत्तिनु हुँदैछ । यसबाट जोगिने उपायहरु पनि छन् ।घमौराबाट बच्नका लागि घाममा धेरै बेर बस्नु हुँदैन । घर बाहिर काम गर्नु पर्दा सकेसम्म छायाँ अथवा छहारीमा बसेर काम गर्ने प्रयास गर्नु पर्छ । आफ्नो शरीरलाई सकेसम्म भिजाउने प्रयास गर्नु पर्छ । सुती अथवा लिनेनको लुज फिटिङ पहिरन लगाउनु पर्छ, यस्तो पहिरनले शरीरमा आउने पसिनालाई सोस्छ ।
यसका साथै केही घरेलु उपाय अपनाएर समेत घमौराबाट छुटकारा पाउन सकिन्छ । मुलतानी माटोमा गुलाबजल र थोरै पानी मिसाएर पेस्ट बनाउने र त्यसलाई घमौरा आएको स्थानमा प्रयोग गर्ने र सुकेपछि पानीले धुने । यसबाट घमौरा चाँडै निको हुने गर्दछ । दोस्रो उपाय पनि छ । निमको पात पिसेर त्यसको लेप प्रयोग गर्दा पनि
घमौराबाट आमार मिल्छ ।