वर्तमानकाल सम्वाददाता
बैशाख २१ गते ।
भारतीय कमेडियन कपिल शर्माको ‘द ग्रेट इन्डियन कमेडी शो’ भर्खरै नेट्फिक्समा प्रसारण हुन लागेको थियो । यहिबेला कपिलका फ्यानहरूका लागि दुःखद खबर आएको छ । कपिलको यो शो बन्द हुने भएको छ । कपिल शर्माको शो सुरु भएको २ महिनामै बन्द हुन लागेको हो ।
यसबारे इन्टरनेटमा अनेकौँ अफवाह चल्न थालेको छ । टिभीमा जस्तो गरी नेट्फ्लिक्समा कपिलको शो चलेको छैन । ‘शो’ को एउटा एपिसोडका लागि कपिलले करिब ५ करोड भारु लिएको बताइएको छ । यो शोको लागि ठुलो रकम खर्च गरेको भए पनि दर्शकहरूमाझ राम्रो छाप छाड्न नसकेपछि शो बन्द गर्न लागिएको हो । कलाकारहरूलाई दिइएको पारिश्रमिकका कारण पनि शो विवादित बनेको थियो ।
कपिलको यो शो सन् २०२४ को मार्च ३० मा नेट्फिलक्समा स्ट्रिम हुन सुरु भएको थियो । शो को १३ ओटा एपिसोडको छायाङ्कन पूरा भइसकेको छ । शो को अन्तिम एपिसोडको सुटिङ मे १ मा भएको थियो । अहिलेसम्म शो को पाँच ओटा एपिसोड प्रसारण भइसकेको छ । ८ ओटा एपिसोड आउन बाँकी छ ।
यस्तोमा शो का एक कमेडियन किकू शारदाले शो छिट्टै बन्द हुन लागेको कुरामा प्रतिक्रिया दिएका छन् । शो केही समयका लागि मात्रै बन्द हुन लागेको र यो टेम्पोररी र्याप अप भएको उनले बताएका छन् । शो को सेकेन्ड सिजन छिट्टै आउने बताइएको छ । आफूहरूले आगामी सिजन प्लान पनि गरिसकेको उनले बताए । नयाँ र पुरानो सिजनबिच धेरै समय अन्तर नहुने उनको भनाइ छ ।
त्यसतै दक्षिण भारतीय सुपरस्टार यश यतिबेला आफ्नो आगामी फिल्म ‘टक्सिक’का कारण चर्चामा छन् । फिल्मबारे लगातार नयाँ अपडेटहरू आइरहेका छन् । कहिले फिल्मको कथा त कहिले कलाकारको चर्चाले फ्यानहरुको उत्साह बढाइरहेको छ । यसैबीच सामाजिक सञ्जालमा फिल्मलाई लिएर नयाँ चर्चा चलिरहेको छ ।
गीतु मोहनदासको निर्देशनमा बन्न लागेको यशको ‘टक्सिक’ दुई भागमा आउने चर्चा इन्टरनेटमा छ । फिल्मको कहानी गोवामा ड्रग माफिया वरिपरि घुमेको छ । तर यस विषयमा मेकरको टिमबाट कसैले केही भनेका छैनन् । न त गीतु र यशले नै फिल्मको शीर्षक रिलिज मितिबारे कुनै आधिकारिक घोषणा गरेका छन् ।
फिल्ममा अन्य कलाकारबारे अड्कलबाजी जारी छ । चलचित्रको छायाङ्कन सुरु भएको हल्ला पनि चलिरहेको छ भने केहीले छायाङ्कन छिट्टै सुरु हुने बताइरहेका छन् ।योजना अनुसार अगाडि बढ्यो भने आगामी ११ महिनामा फिल्म हलमा आउन सक्नेछ । टक्सिकको आधिकारिक घोषणा हुनुअघि यशले आफ्नो आगामी फिल्म ठुलो नभई विषयवस्तुको हिसाबले राम्रो हुने बताएका थिए ।