वर्तमानकाल सम्वाददाता
बैशाख २२ गते ।
भारत संग जोडिएका सीमानाकाहरु भएर भन्सार छलेर करिव १५ लाख भन्दा बढिको भन्सार छलीका सामानहरु सशस्त्र प्रहरीले बरामद गरेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटलाई प्राप्त भएको गोप्य सूचनाका आधारमा खटि गएको सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रको विभिन्न नाकाहरुबाट भन्सार छलेर नेपाल भित्रयाइएका किराना सामाहरु, माछा, मदिरा गरेर १५ लाख ३३ हजार ३३२ रुपैयाको मालसामाहरुलाई वेवारिसे अवस्थामा बरामद गरिएको जनाइएका हुन् ।
भन्सार छलेर नेपाल भित्रयाउने कार्यमा प्रयोग भएका चार वटा मोटरसाइकल, ६ वटा साइकललाई नियन्त्रणमा लिएको जानकारी दिदै मदिराजन्य पदार्थलाई आवश्यक कारवाहीका लागि करदाता सेवा कार्यालय गौर र अन्य भन्सार छलीका समानलाई गौर भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरीका एसपी विक्रम हुमागाईले जानकारी दिए ।