रबिन्द्र प्रजापति,
बैशाख २२, रौतहट
रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ति प्रस्टोका स्थित रहेको बिर्ति स्वास्थ्य चौकीमा शुक्रबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष श्यामा कान्तको अध्यक्षतामा प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य राज्य मन्त्री मा. केशव राय चौधरीले बिर्ति स्वास्थ्य चौकीमरुा बर्थिङ्ग सेन्टर निर्माणको लागी शिलान्यास गर्नु भएको छ ।
बर्थिङ्ग सेन्टरका अध्यक्ष कपल साह बनियाले विविध रुपमा पुजापाठ गरे पछि माननीय राय चौधरीले शिलान्यास गर्नु भयो । उक्त बर्थिङ्ग सेन्टर २५ लाखको लगतमा निर्माण हुन् लागेको छ । उक्त लगतमा २ कोठे भवनको निर्माण कार्य ३ महिना भित्र सम्पन्न हुने वडा अध्यक्ष श्यामाकान्त यादवले बताउनु भयो ।
सो शिलान्यास कार्यक्रममा वडा सदस्य सिता देवी पटेल, कान्ति देवी, वडा सचिव नन्दलाल प्रसाद यादव, वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुशवाहा, किशोरी कुशवाहा, राजाराम राय यादव, रामसेवक ठाकुर, दुखा साह बनिया, किशोरी साह तेली, नागेन्द्र प्रसाद यादव, राजेन्द्र पासवान,बिरेन्द्र पटेल, लगाएत भद्र भलादमी बुद्धिजिवि राजनितिक दलका नेता कार्यकर्ताहरुको सहभागितामा शिलान्यास सम्पन्न भएको छ ।
शिलान्यास कार्यक्रमको बिच मन्त्री चौधरीले आफु विधानसभा (क) मा भएपनि (ख) मा विकास गर्ने मौका पाएकोले धेरै खुशी लाग्यो बताउनु भयो । आउने दिनमा विकास अथवा कुनै कामको लागी ’म (ख) मा पनि सहयोग गर्नको लागी तयार छु भने“ । आउने दिनमा मेरो सोच सहयोग हरेक माध्यमबाट यो क्षेत्रको लागी रहने समेत प्रतिबद्धता जनाउनु भयो । स्थानिबासीले खुशि भइ मन्त्री चौधरीको ख्ुलेर प्रशान्सा गरेका थिए ।