रमेश कुमार यादब
बैशाख २२, रौतहट
रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि जैसवालको अग्रसरतामा सार्वजनिक जमिन निरिक्षणको कामलाई तिव्रता दिईएको छ । नगर भित्र परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्नुका साथै सरकारी जग्गा खोजबिन थालेको हो । यहि क्रममा नगर प्रमुख जैसवाल सहितको टोलीले गरुडा नगरपालिका वडा नं ३ मलाहीटोल देखि चाँदी खोला नजिकै रहेको सार्वजनिक जग्गा निरिक्षण गरेको छ । सो क्रममा बोल्दै उहाँले निरीक्षण गरीएको यस जमिनमा पर्यटकिय स्थल बनाउन उपयुत हुने बताउनुभयो ।
यस क्षेत्रमा मनोरञ्जनका लागि पार्क नभएकाले पिकनिक स्थल तथा बालबालिकाका लागि बाल उद्यान बनाउन उपयुतm हुने धारणा
राख्नुभयो । यसले नगरपालिकाको आन्तरिक आम्दानीको स्रोत बढ्ने उहाँको तर्क छ । पालिकको वार्षिक बजेट कम हुँदा जनचाहना अनुसार काम गर्न समस्या भएको भन्दै उहाँले आन्तरिक आम्दानी बढाउनु पर्नेमा जोड दिनुभएको हो । आन्तरिक आम्दानीको स्रोतको रुपमा पर्यटकिय क्षेत्र भएको उल्लेख गर्दै यसको विकासले स्थानिय स्तरमा समेत टेवा पुग्ने उहाले जिकिर गर्नुभयो ।
यहाँ पर्यटकिय क्षेत्र नहुँदा यहाँका बासी चन्द्रपुरको नुनथर तथा अन्य स्थानमा जाने गरेकाले आफुले यस तर्फ ध्यान दिएको उहाँले उल्लेख गर्नुभयो । नगर प्रमुख जैसवालका अनुसार यहाँ पर्यटकिय स्थलको आवश्यकता रहेकाले बनाउन सकेमा चोतफी विकास हुने बिचार राख्नुभयो । यस पालिकाको आन्तरिक स्रोतका माध्यम न्यून रहेकाले यस तर्फ आफुले ध्यान केन्द्रित गरेको उहाँले प्रष्ट पार्नुभयो ।
सो अनुगमनका क्रममा गरुडा नगरपालिकका वडा नं. ३ का वडा अध्यक्ष अम्बिका सहनीले आफ्नो वडामा पर्यटकिय क्षेत्र बनाउने कुराले हर्षित भएको बताउनुभयो । यसलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटक भित्रने र आर्थिक चहलपहल बढ्ने विश्वास व्यत गर्नुभयो । गरुडा वडा नं. २ का अध्यक्ष कृष्णनन्दन सहनी, वडा सदस्य लगायत नगरपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित पिकनिक पार्क निर्माण गर्ने उदेश्यले स्थलगत निरीक्षण गरिएको गरुडा नगरपालिकाले जनाएको छ ।