वृन्दावनमा नगर स्तरीय अपांग संघको बैठक सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७७ चैत्र ८, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
वृन्दावनमा नगर स्तरीय अपांग संघको बैठक सम्पन्न


आरके श्रीवास्तव । वृन्दावन । चैत्र ०८ गते
रौतहत जिल्लाको वृन्दावनमा नगर स्तरीय अपांग संघको बैठक सम्पन्न भएको छ । वृन्दावन नगरपालिका वडा नम्बर ०६ हर्षाहा चौकको पुर्व तर्फ आपको बगैचाम नगर स्तरीय अपांग संघको भेला बोलाइएको थियो । नगर अध्यक्ष कलि मियाँ मंसुरीको अध्यक्षतामा संघका विभिन्न पदाधिकारी उपस्थितीमा बैठक बसेको थियो । भेला बाट वृन्दावन नगर अन्तर्गत रहेके अपांगता भएका व्यक्तीको हक , हित तथा सुविधाको विषयमा व्यापक छलफल गरी अपांगता भएका तथा लक्षित वर्गका लागि प्रत्येक वर्ष छुटयाइने गरेको रकम नगरपालिकाले सम्बन्धित व्यक्तीलाइ नदिएर हिनामिना गरेकोमा सोको मांग गर्ने निर्णय गर्नुको साथै अपांगहरुको लागि शिपमूलक तालिमको व्यवस्था मिलाउन नगरप्रमुख रामस्नेही यादव सँग माग गरेका थिए । साथै विगतमा पेश गरीएका मांगहरु कार्यान्वयन गर्न आग्रह गर्ने समेत निर्णय गरिएको हो । जवाफमा नगरप्रमुख यादवले मांगहरु पुरा गर्ने आश्वासन दिनु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस