निषेधाज्ञाका बिच काठमाडौबाट रौतहटका नागरिकहरु घर फर्कन पाउने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ बैशाख २२, बुधबार (४ साल अघि)
  • ५ पटक पढिएको
निषेधाज्ञाका बिच काठमाडौबाट रौतहटका नागरिकहरु घर फर्कन पाउने


उपेन्द्र गोले । रौतहट २१ बैशाख ।

विभिन्न कार्यका लागी काठमाडौ बसोबास गर्दै आएका रौतहटका नागरिकहरु घर फर्कन पाउने भएका छन । काठमाडौ उपत्यकामा रहेका रौतहटवासी घर फर्कन चाहेमा १० दिन क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने छ । पछिल्लो समय काठमाडौमा कोरोना संक्रमण अत्याधिक रुपमा फैलिएसँगै काठमाडौबाट घर फर्किन चाहेमा सम्बधित गाउपालिका वा नगरपालिकाले अनिवार्य १० दिन क्वारेन्टिनमा राख्ने प्रतिबद्धतासहित सिफारिस गरेमा घर फर्कन सक्ने भएको हो । मंगलबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धतासहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको हो । रौतहटका १८ स्थानिय तहहरुका नागरिकहरु रोजगारी तथा अन्य विभिन्न कार्य गर्नका लागी हजारौ नागरिकहरु काठमाडौ बसोवास गर्दै आएका छन । काठमाडौ उपत्यकामा बैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा २९ गतेसम्म लम्ब्याइएको छ । निषेधाज्ञाको समयमा रौतहटका नागरिकहरुलाई असहज परिस्थिती सिर्जना भएमा सम्बन्धित स्थानिय तहले १० दिन अनिवार्य क्वारेन्टिनमा राख्ने प्रबिद्धतासहित सिफारिस गरेमा सहजै घर आइपुग्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस