राजेन्द्र महतो,लहान असार ७ गते ।
सिरहामा सनराइज युथ सिरहा सन्जाल (क्थ्क्क्)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रगतको अभाव वढेपछि सिरहाको गोलबजार नगरपालिका – ०४ स्थित गोलबजार अतिथि सदनमा शनिबार एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको सनराइज युथ सिरहा सन्जाल ले बताएका छ्न । सो कार्यक्रममा २५ प्रिन्ट रगत संकलन भएको छ । सनराइज युथ सिरहा सन्जालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी लहान शाखा को प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । सो रक्तदान कार्यक्रममा २४ जना पुरुष र १ जना महिला गरि २५ जनाले रक्तदान गरेको सनराइज युथ सिरहा सन्जालकी अध्यक्ष शोभा साहले बताए कि छिन । गोलबजार ब्यापार संघ का अध्यक्ष भरत अग्रवाल को प्रमुख अतिथि तथा मा गोलबजार तmलअ को जिल्ला संयोजक शत्रु यादवको अतिथिमा समपन्न सो रक्तदान कार्यक्रममातmलअ का सदस्य आभाष र कथल का अध्यक्ष नागेश्वर राय तथा आयोजक सस्थाका पदाधिकारीहरु क्रमश ः पारस जयसवाल, सन्तोष साह , बिजय ठाकुर , रिन्कु साह , अनिल सिंह ,अर्चना साह , महिमा ठाकुर ,पन्कज साह,आकाश सिन्ह र रुपेश यादव, सुदिप महतो लगायत स्थानीय प्रहरी ,बुद्धि जिवि तथा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक संस्था का अध्यक्ष शोभा साह ले अस्पतालहरुमा रगत आभब भैइरहेको बेला सहयोगी मनहरुले रक्तदान गरेर निकै प्रशंसनीय काम गरेको बताउदै धन्यवाद दिएकी छिन ।