असार १५,रौतहट
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाइ रौतहटको आयोजनामा राष्ट्रिय धान दिवसको अवसरमा धुमधामका साथ मनाएको छ ।
श्री मनकामना कृषि तथा बिउ उत्पादन फर्म र श्री नेशन कृषि तथा पशुपन्छी फर्म गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुरको समन्वयमा राष्ट्रिय धान दिवसको अवसरमा शुक्रबार आयोजित २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० क्षेत्र नं १ का पुर्वखानेपानि मन्त्री अनिल कुमार झाको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाइ रौतहटका नि.वरिष्ठ कृषि अधिकृत दिपक कुमार मिश्रको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको बिशिष्ट अतिथि गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुरको वडाअध्यक्ष रामबिनोद साह रहनु भएको थियो । रौतहटको गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुरमा २० औं राष्ट्रिय धान दिवस तथा मसिनले धान रोपाई गरेर मनाईएको थियो । ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि ः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कार्यक्रमको प्रमुख अतिथि पुर्वखानेपानि मन्त्री झाले धान रोप्ने मसिन स्वयम् खेतमा चलाई धान रोपि मनाउनु भएको थियो । सोहि २० औं राष्ट्रिय धान दिवस कार्यक्रमको सम्बोधन गर्दै पुर्वखानेपानी मन्त्री झाले भने आज असारे भाकामा लोकदोहोरी गाउँदै, हिलो छ्यापाछ्याप गर्दै देशभरि महोत्सवसको रुपमा धान रोपेका बताउनु भयो । वहाँले भने नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरेको बताउनु भएको थियो । धान नेपालको प्रमुख खाद्यान्न बाली र खाद्य सुरक्षाको प्रमुख आधार रहेको पुर्वमन्त्री झाले जनाउनु भयो ।
आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक लगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस बनाउन लागिएको बताउनु भयो । जलवायु परिवर्तनका कारण धानखेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रचार–प्रसार गरी अवलम्बन गर्न यस्ता दिवस र महोत्सव सहायकसिद्ध हुने पुर्वखानेपानि मन्त्री झाको विश्वास रहेको थियो । नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वराभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवर्द्धनमा पनि जोड दिँदै आएको छ । त्यसतै कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएका गरुडा नगरपालिकाको वार्ड नं.५ को वडाअध्यक्ष रामबिनोद साहले २० औं राष्ट्रिय धान दिवसको शुभकामना दिदैं वडाअध्यक्ष साहले भने नेपाल कृषि प्रधान देश भएपनि यहाँ किसानलाई धेरै नै समस्या रहेको बताउनु भएको थियो ।
कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा नै व्यस्त हुन्छन्। आजकल कृषिमा काम गर्न श्रमिकहरु प्नि पाउन मुस्किल भईरहेको बताउनु भएको थियो । तर सोहि कुराको मध्यनजर गर्दै बिभिन्न संघसंस्थाले किसानलाई खेति गर्न प्रबिधियुक्त मसिनद्धारा काम गर्न सहजता प्रदान गर्ने गरेका बताउनु भयो ।।आज प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन एकाईले यस महम्मदपुरमा श्रमिकको अभाव भएको मध्यनजर गर्दै कम खर्चमा र समयको बचतमा धेरै काम हुने भएको हुँदा धान रोप्ने मसिन ल्याएकोमा सबै किसानको लागी खुसिको कुरो रहेको वडाअध्यक्ष साहले बताउनु भएको थियो ।
त्यसतै कार्यक्रमको सभापतित्व गरिरहनु भएका प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यन्वयन ईकाइ रौतहटका नि.वरिष्ठ कृषि अधिकृत दिपक कुमार मिश्रले कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै धानको रोपाई मसिन बाट रोपनेको लागि किसानहरूलाई आग्रह गरेको थियो । उहाले भन्नुभयो कि नेपाल अब आधुनिक युग तिर गइसकेको र अब किसानले धानको रोपाई हाथ बाट होईन मसिन बाट गर्नु पर्छ ।
मनकामना कृषि तथा बिउ उत्पादन फर्म र श्री नेशन कृषि तथा पशुपन्छी फर्मलाई सानो धान रोप्ने मेशिन ५० प्रतिशत अनुदानमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना रौतहटले दिएको बताउनु भएको थियो । त्यसतै असार १५ गतेलाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेशा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई पुर्वमन्त्री झा ,वडाअध्यक्ष साह सहित उपस्थित भएका बुद्धजिवि कर्मचारी असार १५ धुमधामसंग मनाउनु भएका थिए ।औपचारिकरूपमा सरकारले निर्णय गरेर राष्ट्रिय धान दिवस घोषणा गर्नु अघिदेखि नै नेपालमा असार १५ गते दहीच्युरा खाने चलन चल्दै आएको थियो ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् ।दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।