दाईजोको लागि रौतहटमा आमा र छोरीको हत्या, श्रीमान र ससुरा फरार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० अषाढ १६, शनिबार (२ साल अघि)
  • ४ पटक पढिएको
दाईजोको लागि रौतहटमा आमा र छोरीको हत्या, श्रीमान र ससुरा फरार

पवन कुमार उपाध्याय

रौतहट,१६ असार। रौतहटको मौलापुर नगरपालिका ४ बौधा पतौरामा आमा छोरी सहित दुई जाना मृत अवस्थामा फेला परेको छ ।

मौलापुर नगरपालिका वडा नं -४ बौधा पतौरा बस्ने धिरेन्द्र साहको २४ बर्षिय श्रीमती माला भन्ने कविता साह र निजको १८ महिनाकी छोरी आरोही साह मृत अवस्थामा फेला परेको हो । १८ महिने बालक आरोही विधुतिय उपकरण पंखामा झुण्डयाएकी र आमा कोठा बाहिर भर्यांग नजिकै मृत अवस्थामा फेला परेकी छिन्।

मृतक महिलाको बुवा माधवनारायण नगरपालिका ५ मिठुअवा बस्ने विजयशंकर साहका अनुसार विहे अघि कबोल गरेको दाइजोमा मोटरसाइकल, पलंग, भैंसी, सुनको सिक्री लगायतका समाग्री आर्थिक अवस्था कमजोर भएको कारण दिन सकिएन । तर दाइजोको लागि ज्वाईले छोरी माथि पटक पटक दवाव बनाउदै आएको थियो ।

ज्वाई धिरेन्द्रको परिवारले गए राति १२ बजेको समयमा छोरी नातनीलाई निर्ममतापूर्वक कुटपिट गरी हत्या गरेको मृतक महिलाको माइती पक्षले गम्भीर आरोप लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले घटना भएको स्वीकार्दै प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको तथा मृतकको श्रीमान र ससुराको खोजी कार्य जारी रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस