
रौतहट, १५ चैत। नेकपा एमालेले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ विरुद्ध विरोध पत्र बुझाएको छ।
एमाले जिल्ला कमिटी रौतहटले पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउप्रति कडा आपत्ति जनाउँदै आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत प्रधानमन्त्रीको कार्यालयलाई विरोधपत्र बुझाएको हो।
२०८२ भदौ २३ र २४ गतेका घटनासम्बन्धी गौरीबहादुर कार्की आयोगले तयार पारेको प्रतिवेदनलाई समेत एमालेले पूर्वाग्रही र त्रुटिपूर्ण भएको आरोप लगाउँदै उनीहरूको विनासर्त रिहाइको माग गर्दै गौरमा प्रदर्शन समेत गरेको एमालेका केन्द्रीय सदस्य अजय गुप्ताले बताए ।
