Wartman Kal DainikOnline News Portal

गाँजासहित काठमाडौँबाट एक जना पक्राउ, ८ किलो ३२० ग्राम लागुऔषध बरामद

November 29, 2026 · Wartman Kal Dainik

काठमाडौँ,१३ मंसिर। काठमाडौँको तिलगंगाबाट प्रतिबन्धित लागू औषध गाँजा र पोल्याण्डसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धादिङको धुनिबेसी नगरपालिका–८ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने २७ वर्षीय रक्की अधिकारी रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार दिउँसो करिब ४ बजेर १० मिनेट जाँदा काठमाडौँ महानगरपालिका–८ तिलगंगास्थित आँखा अस्पतालको पार्किङ नजिक झोला बोकी साइकलमा शंकास्पद रूपमा हिँडिरहेका अधिकारीलाई प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले जाँच गरेको थियो।

जाँचका क्रममा सुरुमा उनको साथबाट १ केजी गाँजा फेला परेको थियो। थप सोधपुछपछि कोटेश्वरस्थित उनको कोठामा खानतलासी गर्दा थप ७ केजी ३२० ग्राम गाँजा र करिब १०० ग्राम पोल्याण्ड बरामद भएको प्रहरीले जनाएको छ।