Wartman Kal DainikOnline News Portal

रौतहटमा रोटाभेटरमा परेर १७ वर्षीय किशोरको मृत्यु, ट्याक्टरसहित चालक प्रहरी नियन्त्रणमा

November 29, 2026 · Wartman Kal Dainik

रौतहटको गुजरा नगरपालिका–२ चोचा टोलमा खेत जोत्ने क्रममा ट्याक्टरको रोटाभेटरमा परेर एक १७ वर्षीय किशोरको घटनास्थलमै मृत्यु भएको छ।
प्रदेश ३–००१ त ७७९५ नम्बरको ट्याक्टरमा सवार चालकका सहयोगी गुजरा नगरपालिका–३ सिम्रा टोल निवासी सितबी माझीका छोरा अन्दाजी १७ वर्षीय कृष्ण माझी रोटाभेटरमा परेका थिए।
रोटाभेटरमा परेर उनको शरीरका विभिन्न भाग काटिँदा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक विवरणमा उल्लेख छ। घटनापछि प्रहरीले ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।