अदालतमै घुस लिँदै गर्दा कर्मचारी पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १७, मंगलबार (८ घण्टा अघि)
  • १५३ पटक पढिएको
अदालतमै घुस लिँदै गर्दा कर्मचारी पक्राउ

रौतहट, १७ चैत। रौतहट जिल्ला अदालत गौरमा कार्यरत एक कर्मचारी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडास्थित कार्यालयबाट खटिएको टोलीले अदालतका डिठ्ठा लव कुमार सिंहलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको हो।

अदालतको फैसला बमोजिम दाखा पुर्जी गरी जग्गा फुकुवा गराइदिने काम गरेवापत उनले सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । सोही उजुरी र प्राप्त सूचनाका आधारमा खटिएको टोलीले सिंहलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार उनलाई आज दिउँसो रौतहटको गौर नगरपालिका वडा नं १ स्थित जिल्ला अदालत परिसरबाटै पक्राउ गरिएको हो ।

पक्राउ पर्दा उनको साथबाट घुसवापतको उक्त नगद र एउटा मोबाइल फोन बरामद गरिएको छ । पक्राउ परेका सिंहमाथि अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस