अफगानिस्तान मा भूकम्प : ९ जनाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (१० घण्टा अघि)
  • ९० पटक पढिएको
अफगानिस्तान मा भूकम्प : ९ जनाको ज्यान गयो

काठमाडौं, २२ चैत्र । उत्तरी अफगानिस्तानमा भूकम्प गएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

उनका अनुसार भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ । हम्मादले भूकम्पका कारण काबुल प्रान्तमा एउटा घर भत्किँदा त्यसमा रहेका ९ जनाको मृत्यु भएको जानकारी दिए । सोही ठाउँमा एक बालक घाइते भएका छन् ।

भूकम्पको धक्का राजधानी काबुलमा पनि महसुस गरिएको थियो । १८६.४ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्रबिन्दु शुरुमा ३६.५५ डिग्री उत्तरी अक्षांश र ७०.८५ डिग्री पूर्वी देशान्तरमा रहेको पहिचान गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस