गरुडा नगरपालिकाका प्रशासकिय अधिकृतमाथि अख्तियारको छानबिनः मेयर–उपमेयर विवादको फाइदा उठाएको आरोप

गरुडा नगरपालिकाका प्रशासकिय अधिकृतमाथि अख्तियारको छानबिनः मेयर–उपमेयर विवादको फाइदा उठाएको आरोप

रमेश कुमार यादब
चैत २३ गते ।
रौतहटको गरुडा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ। अख्तियारले चैत १० गते न्यौपानेलाई औपचारिक पत्र जारी गर्दै १० दिनभित्र उपस्थित भई विवरण पेश गर्न निर्देशन दिएको छ । अख्तियारले अनुसन्धानको आधार भनेको न्यौपानेलाई सुदूरपश्चिमको कैलाली जिल्लास्थित भजनी नगरपालिकामा कार्यरत रहँदा कर्मचारी प्रोत्साहन कार्यविधि २०८१ बमोजिम पुरस्कार बितरणमा अनियमितता गरेको शंका हो ।

स्रोतका अनुसार, न्यौपानेलाई त्यहाँ पनि मेयर र उपमेयरबीच विवाद गराएर व्यक्तिगत फाइदा लिने प्रवृत्ति देखिएको थियो । गरुडा नगरपालिका आएकोपछि पनि उनी त्यही प्रवृत्तिमा देखिएका छन्। मेयर र उपमेयर अलग–अलग पार्टीका हुँदा मेयर कन्थमनि प्रसाद कलवार, एमाले र उपमेयर पुनम कुमारी चौधरी, नेपाली कांग्रेस रहेको हुँदा न्यौपानेलाई विवाद सिर्जना गर्न सहज भएको स्रोतले जनाएको छ ।

विशेषगरी उपमेयरलाई उचालेर मेयरलाई अप्ठेरोमा पार्दै नगरपालिका स्रोत साधनको दुरुपयोग गर्दै आएको आरोप छ । नगरपालिकामा न्यौपान आउनु अघि जनप्रतिनिधिहरूबीच कुनै असन्तुष्टि थिएन । तर उनी आएदेखि नै नगर प्रमुख र उपप्रमुखबीच लगातार विवाद र झगडा फैलाउने, प्रशासनिक कामकाजमा अवरोध ल्याउने, र आफ्नो व्यक्तिगत लाभ उठाउने कार्य भइरहेको बुझिएको छ ।

स्रोतका अनुसार, न्यौपानेलाई अख्तियारमा बयानका लागि बोलाइसकेपछि पनि उनले त्यहाँ नगई राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूमार्फत मिलापत्र गर्न प्रयास गरिरहेका छन् । त्यति मात्र नभएर उनले कार्यालय समयमा पनि स्थायी रूपमा उपस्थित नभई ‘आज यहाँ, भोली त्यहाँ’ हुने प्रवृत्ति राख्दा प्रशासनिक कामकाज अझ अस्तव्यस्त बनेको छ ।

अख्तियारले न्यौपानेलाई बोलाएर अनुसन्धान अगाडि बढाएपछि नगरपालिका प्रशासन र जनप्रतिनिधिहरूको व्यवहार, स्रोत साधनको व्यवस्थापन, र विवाद सृजना गर्ने प्रवृत्तिको पूर्ण छानबिन हुने अपेक्षा गरिएको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस