गरुडामा सवारी निगरानी तीव्र, उल्लंघनकर्तामाथि कारबाही हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ९, सोमबार (४ दिन अघि)
  • १३७ पटक पढिएको
गरुडामा सवारी निगरानी तीव्र, उल्लंघनकर्तामाथि कारबाही हुने

काठमाडौं, ०९ चैत। जिल्लाको गरुडा क्षेत्रमा सवारी साधन चेकजाँचलाई तीव्रता दिइएको छ। यातायात व्यवस्था कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुडा र अस्थायी ट्राफिक पोस्ट गरुडाको संयुक्त आयोजनामा आज बिहान सवारी साधन चेकजाँच गरिएको हो।

चेकजाँचका क्रममा सवारी चालकलाई रोकी कागजपत्र परीक्षण गर्नुका साथै ट्राफिक नियमबारे सचेतना समेत दिइएको थियो। कागजपत्र नबोक्ने तथा ट्राफिक नियम पालना नगर्ने चालकहरूलाई यसपटक सम्झाइ–बुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ।

यद्यपि अबदेखि भने ट्राफिक नियम उल्लंघन गरेको पाइएमा कडाइका साथ कारबाही गरिने सम्बन्धित निकायले स्पष्ट पारेको छ। ट्राफिक अनुशासन कायम गर्न र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको जनाइएको छ।

यातायात व्यवस्था कार्यालय गौर रौतहटका अधिकृत कामेश्वर साह तथा अस्थायी ट्राफिक पोस्ट गरुडाका असई उपेन्द्र कुमार यादव स्वयं सडकमा खटिएर सवारी साधन रोकी कागजपत्र जाँच गर्नुका साथै चालकहरूलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका छन्।

सडक सुरक्षा कायम गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न यस्ता चेकजाँच अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस