नुवाकोट–१ : कांग्रेसका महत अग्रस्थानमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २२, शनिबार (६ दिन अघि)
  • १४४ पटक पढिएको
नुवाकोट–१ : कांग्रेसका महत अग्रस्थानमा

काठमाडौँ, २३ फाल्गुन । नुवाकोट-१ मा पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले अग्रता लिएका छन् । पछिल्लो मत अपडेटअनुसार महतले सात हजार ६२६ मत ल्याएर अग्रता कायम गरेका छन् ।

यसअघि यो क्षेत्रमा अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार विक्रम तिमिल्सिनाले ७ हजार ४३ मत ल्याएर दोस्रो स्थानमा झरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का हितबहादुर तामाङ ५ हजार ७३७ मतका साथ तेस्रो स्थानमा रहँदा नेकपा एमालेका बद्री मैनाली तीन हजार ४०४ मतसहित चौथो स्थानमा छन् ।

यस्तै उज्यालो नेपाल पार्टीका अमित तामाङले एक हजार २५४ मत पाएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस