पत्नीमाथि क्रूरता: खुट्टा काट्ने विश्वनाथ पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १५, आईतबार (७ घण्टा अघि)
  • १०२ पटक पढिएको
पत्नीमाथि क्रूरता: खुट्टा काट्ने विश्वनाथ पक्राउ

वीरगञ्ज, १५ चैत। जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले पत्नीको खुट्टा काटेर फरार रहेका विश्वनाथ सहनीलाई शनिबार पक्राउ गरिएको जानकारी दिए ।

गत चैत १ गते पर्सागढी नगरपालिका–३ बिरुवा टोलका ३० वर्षीय सहनीले हातखुट्टा बाँधेर पत्नी हरिकलादेवीको धारिलो हतियार प्रयोग गरेर बाँया खुट्टामा पैतलाभन्दा माथिको भाग छिनिने गरी काटेर गम्भीर घाइते बनाएका थिए ।

घाइते महिलाको बारास्थित एलएस न्यूरो अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस