
काठमाडौं, २२ फाल्गुन। वीरेन्द्रबहादुर बस्नेतले पार्टी छाडेका छन् ।
पार्टी छोडेको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ अब म एक स्वतन्त्र, जिम्मेवार नागरिकका रूपमा समाजसेवी अभियानमार्फत् मातृभूमिको सेवामा समर्पित रहने छु ।’
उनी गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य थिए । यो जेजनी आन्दोलनपछि स्थापना भएको पार्टी हो ।
जेनजी आन्दोलनलाई भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्धको विस्फोटको रूपमा लिएको बताउने उनले दिगो रोजगारी, सुशासन र समतामूलक विकासको बाटो खोज्दै नयाँ राजनीतिक अभियानमा सहभागी भएको बताउँछन् ।
तर, अगाडि बढ्न नसकेको उनले बताए । उनी लेख्छन्, ‘हालको राजनीतिक संस्कारले मेरो आत्मासँग मेल खाएन । मैले बुझेँ – पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको अथाह प्रेमले खोजेको योगदान दिन सकिँदैन । अबको बाटो फरक छ, तर देशप्रतिको समर्पण यथावत् छ ।’
आगामी दिनमा आफ्नो समय, ऊर्जा र सीपलाई विश्लेषण, छलफल, समाधान र सिर्जनामा केन्द्रित गर्ने उनको प्रतिबद्धता छ ।
