पूर्वप्रधानमन्त्री ओलीका सुरक्षा गार्ड घुससहित रंगेहात पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २०, शुक्रबार (१० घण्टा अघि)
  • १७३ पटक पढिएको
पूर्वप्रधानमन्त्री ओलीका सुरक्षा गार्ड घुससहित रंगेहात पक्राउ

काठमाडौं, २० चैत। प्रहरी हिरासत अन्तर्गत अस्पतालमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षा टोलीमा रहेर काम गरिसकेका एक जना ‘घुस’ रकमसहित पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक ओकिल अधिकारी ४० हजार रुपैयाँ ‘घुस’सहित समातिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आजै शुक्रबार नियन्त्रणमा लिएको हो । उनी धनुषामा कार्यरत थिए।

सशस्त्र प्रहरी स्रोतका अनुसार, उनी विगतमा लामो समय ओलीको सुरक्षा टोलीमा खटिएका थिए । केही समयअघि उनी सशस्त्र प्रहरी प्रमुख (आईजीपी)बाट सम्मानित समेत भएका थिए ।

अधिकारीले निर्माण व्यवसायीलाई दुःख दिएर रकम असुल्ने गरेको भेटिएको अख्तियारले जनाएको छ । यस अघि पनि अनेक काण्डमा जोडिएर उच्च राजनीतिक दबाबमा उनलाई उन्मुक्ति मिल्दै आएको उनलाई चिन्नेजान्नेले बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस