फेटा गाउँपालिकामा भ्रष्टाचार, तीन जनालाई कारवाही

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २४, मंगलबार (३ घण्टा अघि)
  • ६ पटक पढिएको
फेटा गाउँपालिकामा भ्रष्टाचार, तीन जनालाई कारवाही

काठमाडौं, २४ चैत्र । विशेष अदालतले बाराको फेटा गाउँपालिकाको कृषि विद्युतीकरण कार्यक्रमको बोलपत्र आह्वानसम्बन्धी झुट्टा विवरण पेस गरी भ्रष्टाचार गरेको ठहर गर्दै तीन जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ।

न्यायाधीशहरू नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले उक्त फैसला गरेको हो । अदालतले  गौरी शंकर कुमार सिंह, नेपाल मिडिया हाउस प्रालि र सो संस्थाका प्रबन्ध निर्देशक नवराज निरौलालाई दोषी ठहर गरेको छ । मुकेश प्रसाद साहलाई भने अदालतले सफाइ दिएको छ।

अदालतले मुख्य कसुरदार ठहरिएका गौरी शंकर कुमार सिंहलाई ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना गर्ने फैसला गरेको छ ।

त्यस्तै मतियारको भूमिकामा रहेका नेपाल मिडिया हाउस प्रालि र त्यसका प्रबन्ध निर्देशक नवराज निरौलालाई पनि जनही ३ महिना कैद र ४७ हजार ३८६ रुपैयाँ ६७ पैसा जरिवाना तोकिएको छ । साथै उनीहरू तीनै जनालाई ‘अपराध पीडित संरक्षण ऐन, २०७५’ बमोजिम जनही १ हजार ८९५ रुपैयाँ ४७ पैसा क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा जम्मा गर्नसमेत आदेश दिएको छ ।

बाराको फेटा गाउँपालिका अन्तर्गत कृषि विद्युतीकरण कार्यक्रमका लागि पोल गाड्ने र तार तान्ने ठेक्काको बोलपत्र आह्वान सम्बन्धी सूचना ‘सौर्य दैनिक’ पत्रिकामा २०७९ कात्तिक २० गते प्रकाशित भएको भनी झुट्टा बिल र भरपाई तयार पारिएको थियो ।

सोही झुट्टा कागजका आधारमा १ लाख ४२ हजार १६० रुपैयाँ सरकारी रकम भुक्तानी लिएको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस