बजारमा गोलभेँडा सस्तो, मूल्यमा गिरावट

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ११, बुधबार (३ घण्टा अघि)
  • ७८ पटक पढिएको
बजारमा गोलभेँडा सस्तो, मूल्यमा गिरावट

काठमाडौँ, ११ चैत। स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका  गोलभेँडाको मूल्यमा कमी आएको हो ।

तथ्यांकअनुसार स्थानीय सानो गोलभेँडा मंगलबार प्रतिकिलो ४५ रुपैयाँमा कारोबार भएकोमा आज २२ प्रतिशतले ओरालो लागेर ३५ रुपैयाँमा झरेको छ ।

यसैगरी, तराई सानो गोलभेँडाको मूल्य पनि २१ प्रतिशतले घटेको छ । हिजो मंगलबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको उक्त गोलभेँडा आज प्रतिकिलो ४३ रुपैयाँ कायम छ ।

भारतीय गोलभेँडाको मूल्य १९ प्रतिशत घटेको छ । अघिल्लो दिन प्रतिकिलो ४७ रुपैयाँ रहेकोमा आज घटेर ३८ रुपैयाँमा आइपुगेको छ । यस्तै ठूलो भारतीय गोलभेँडाको मूल्यमा सामान्य कमी देखिएको छ । यसको मूल्य प्रतिकिलो ७५ बाट घटेर ७३ रुपैयाँ कायम छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस