ब्रिज कोर्स बन्द गर्ने सूचना किन हटाइयो मन्त्रालयको वेबसाइटबाट?

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १६, सोमबार (१२ घण्टा अघि)
  • १०८ पटक पढिएको
ब्रिज कोर्स बन्द गर्ने सूचना किन हटाइयो मन्त्रालयको वेबसाइटबाट?

काठमाडौं, १६ चैत। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका कार्यक्रम बँद गर्नेे सूचना आफ्नो वेब साइटबाट हटाएको छ ।

आइतबार मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाएको थियो ।

आगामी १ वैशाखबाट लागू हुनेगरी बन्द गर्ने निर्णय गरेको थियो । तर सोमबार उक्त सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयका अनुसार थप प्रष्टता पार्नको लागि हटाइएको हो । ब्रिज कोर्स हटाउने निर्णयबाट मन्त्रालय ब्याक भएको भने होइन ।

‘केही विषयमा प्रष्ट पार्नु पर्ने भएकाले हो । भाषा मिलाएर फेरि अपलोड हुन्छ,’ मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

उक्त सूचनाबारेको जानकारी शिक्षामन्त्री सस्मीत पोखरेलले पनि आफ्नो फेसबुकमा राखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस