रौतहट जिल्ला प्रशासनमा बिचौलियालाई प्रवेश निषेध

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २२, आईतबार (७ घण्टा अघि)
  • ११५ पटक पढिएको
रौतहट जिल्ला प्रशासनमा बिचौलियालाई प्रवेश निषेध

रौतहट, २२ चैत्र । जिल्ला प्रशासन कार्यालय रौतहटले सरकारी कार्यालय परिसरमा बिचौलियाको सक्रियता बढ्दै गएको भन्दै कडा चेतावनी जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी (सिडियो) दिनेश शागर भुषालले आइतबार एक सूचना जारी गर्दै सरकारी सेवा लिन आउने सेवाग्राहीलाई सहयोग गर्ने नाममा गैरकानुनी रूपमा रकम असुल गर्ने व्यक्तिहरूमाथि निगरानी बढाइएको सार्वजनिक गरेका हुन । सुचना मार्फत यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कार्यालय वरिपरि तथा कार्यालयभित्र प्रवेशमा समेत रोक लगाइएको प्रशासनले स्पष्ट पारेको छ।

प्रशासनका अनुसार सेवाग्राहीलाई झुक्याएर अवैध रूपमा पैसा असुल गर्ने कार्य सह्य नहुने बताउँदै त्यस्ता व्यक्तिहरू भेटिएमा कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई कुनै पनि सेवा लिँदा सिधै सम्बन्धित शाखामा सम्पर्क गर्न तथा बिचौलियाबाट सचेत रहन आग्रह गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस