रौतहट प्रहरीको सक्रियता : फरार ९ प्रतिवादी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १३, शुक्रबार (६ घण्टा अघि)
  • ७४ पटक पढिएको
रौतहट प्रहरीको सक्रियता : फरार ९ प्रतिवादी नियन्त्रणमा

रौतहट, १३ चैत। रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत लामो समयदेखि फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका ७ जना र चालु मुद्दाका २ जना प्रतिवादीलाई बिहीबार पक्राउ गरेको हो ।

रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालका अनुसार पक्राउ पर्नेहरूमा मेघु राय यादव (किर्ते जालसाजी) १ हजार रुपैयाँ जरिवाना, अनुकूल गुप्ता (चोरी) १ हजार रुपैयाँ जरिवाना, विजय चौधरी (जुवा) २ हजार रुपैयाँ जरिवाना, कल्पना चौधरी (नाताकायम) १ हजार २५० रुपैयाँ जरिवाना र सुकुन्ती देवी (गाली बेइज्जती) २५ रुपैयाँ जरिवाना रहेका छन् ।

यस्तै, जलसी देवी कुर्मी (देहानी) ३०० रुपैयाँ जरिवाना र प्रेम यादव (अपराधिक उपद्रव) मुद्दामा २ वर्ष कैद सजाय तोकिएका छन् ।

चालु मुद्दातर्फ हदयलाल राय यादव (ज्यान मार्ने उद्योग) र नरेन्द्र राय यादव (मिटर ब्याज) मुद्दामा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि रौतहट जिल्ला अदालतमा पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस