सिटी सफारीको ठक्करबाट झापामा मोटरसाइकल चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र १०, मंगलबार (१४ घण्टा अघि)
  • ३८ पटक पढिएको
सिटी सफारीको ठक्करबाट झापामा मोटरसाइकल चालकको मृत्यु

झापा, १० चैत। कचनकवल गाउँपालिका–४ मा सवारी साधन(सिटी सफारी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार राति बनियानीबाट लोधाबारी गइरहेको बीआर–११सी–३०७१ नम्बरका मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२बी ६४११ नम्बरको सिटी एकापसमा ठोक्किएको थियो । सो दुर्घटना चालक गणेश गम्भीर घाइते भएका थिए

उनलाई उपचारका लागि भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल उपचारका लागि पठाइएकामा अस्पताल पुर्‍याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरी सिटी चालक स्थानीय वर्ष १९ का सैजन मियाँ, सिटी र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस