सिरहाका ३ निर्वाचन क्षेत्रमा रास्वपाको प्रारम्भिक अग्रता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन २१, शुक्रबार (१ हप्ता अघि)
  • १६२ पटक पढिएको
सिरहाका ३ निर्वाचन क्षेत्रमा रास्वपाको प्रारम्भिक अग्रता

सिरहा, २२ फाल्गुन। सिरहा १, २ र ४ निर्वाचनक्षेत्रको हालसम्मको मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ। सिरहा १ मा रास्वपा उम्मेदवार बब्लु गुप्ता, २ मा शिवशंकर यादव र ४ मा तपेश्वर यादवले अग्रता कायम गरेको छ।

सिरहा १ मा रास्वपा उम्मेदवार बब्लु गुप्ताले ८५० मत प्राप्त गर्दा नेपाली काँग्रेसका सामसुन्दर चौधरीले १९६ र एमालेका रामाशंकर यादवले १२७ मत प्राप्त गरेको छ।

सिरहा २ मा रास्वपाका उम्मेदवार शिवशंकर यादवले १ हजार ४४० मत प्राप्त गर्दा नेपाली काँग्रेसका रामचन्द्र यादवले २९९ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालय सिरहाले जनाएको छ।

सिरहा क्षेत्र नम्बर ४ को प्रारम्भिक मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अग्रता कायम गरेको छ। हालसम्मको मत परिणाम अनुसार रास्वपाका उम्मेदवार तपेश्वर यादवले १ हजार ९५१ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का अजयशंकर नायकले  ७४८ मतसहित पछ्याई रहेका छन्।

जनमत पार्टीका वीरेन्द्र प्रसाद महतोले ४१७ मत प्राप्त गर्दा, नेपाली काँग्रेसकी चन्द्रकला कुमारी यादवले ३५१, नेकपा एमालेका धर्मनाथ साहले २७९ मत र जसपाका राजकिशोर यादवले २७६ मत प्राप्त गरेका छन्।

सिरहा ३ को मतगणना ढिलाे सुरु भएकोले मत परिणाम सार्वजनिक भएको छैन।

ताजा अपडेट

खोजी गर्नुहोस