१५ लाख नगदसहित पक्राउ परेका व्यक्तिबाट डेढ अर्बको क्रिप्टो कारोबार खुलासा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ९, सोमबार (१ हप्ता अघि)
  • १०६ पटक पढिएको
१५ लाख नगदसहित पक्राउ परेका व्यक्तिबाट डेढ अर्बको क्रिप्टो कारोबार खुलासा

काठमाडौं, ०९ चैत। १५ लाख ३० हजार नेपाली रुपैयाँसहित पक्राउ परेका व्यक्ति र समूहमाथि अनुसन्धान गर्दा करिब डेढ अर्बको अवैध क्रिप्टो करेन्सी कारोबार भएको खुलेको छ ।

सामाखुसीबाट दिप्ती पोखरेललाई १५ लाख ३० हजार रुपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । उनीमाथि अनुसन्धान गर्दा क्रिप्टो कारोबारको विवरण भेटिएको थियो । सो क्रममा अनुसन्धान गर्दा अरु दुई जना पक्राउ परेका छन् ।

प्रहरीले भारतीय नागरिक प्रवेश अली र बाँकेका नरेश रेउलेलाई पनि पक्राउ गरेको छ । सो क्रममा १ करोड ३६ लाख ८० हजार ५८० रुपैयाँको क्रिप्टो कारोबार भेटिएको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस