रौतहटका जंगलमा डढेलो रोकथाम अभियान शुरू

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ४, बुधबार (१ हप्ता अघि)
  • १४० पटक पढिएको
रौतहटका जंगलमा डढेलो रोकथाम अभियान शुरू

रौतहट,०४ चैत। सुख्खा याम सुरु भएसङै वनमा डढेलो लाग्ने हुँदा वनमा लाग्ने डढेलो नियन्त्रणका लागि रौतहटमा विशेष अभियान सञ्चालन गरिएको छ। डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ रौतहटको सहकार्यमा सचेतनामूलक र्‍याली र कोणसभा गरी डढेलो नियन्त्रणबारे जनचेतना अभिवृद्धि गराइएको डिभिजन वन प्रमुख हेमन्त साहले बताए ।

बुधबार बिहान चन्द्रनिगाह्पुरमा निकालिएको सचेतनामुलक र्‍यालीमा प्रहरी तथा सुरक्षाकर्मीहरू,नागरिक समाज,सञ्चारकर्मी,उपभोक्ताहरूको उल्लेख्य सहभागीतामा विभिन्न स्थानमा सचेतना फैल्याउदै नगर परिक्रमा गरिएको छ । “वन डढेलो नियन्त्रणमा प्रभावकारीता,तिनै तहका सरकार र समुदायको सहभागिता” मुल नारासहित आयोजना गरिएको र्यालीमा “वनमा आगो लगाउनु दन्डनीय अपराध हो,वन जङ्गल सबैको साझा सम्पत्ति हो,संरक्षण गर्नु सबैको दाईत्व हो,वन रहे जीवन रहन्छ” जस्ता नारा सहितको प्ले कार्ड सहित सहभागीहरुले वन संरक्षण गर्न प्रेरणा दिने प्रयास गरेका छ्न ।

डिभिजन वन अधिकृत साहले रास्टिय र सामुदायिक वनमा हुने आगलागी नियन्त्रण तथा व्यवस्थापनमा स्थानीय समुदायको महत्वपूर्ण जिम्मेवारी हुने भएकोले सबै सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने बताए ।

सरोकारवालाहरू सामुदायिक वनमा आगो लगाउने व्यक्ति पत्ता लगाएर कानुनी कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिदै पर्यावरण जोगाउनु सबैको दायित्व रहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस