नेपालीको जानकारी अनुसार घटनाको अनुसन्धान भइरहेको समेत बताए ।

काठमाडौं, २९ चैत। रोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका वडा-२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।
जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा लड्न गएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।
नेपालीको जानकारी अनुसार घटनाको अनुसन्धान भइरहेको समेत बताए ।
