गभर्नरमा पाण्डे निर्वाचित, लायन्स डिष्ट्रिक्ट ३२५ ‘एस’ मा नयाँ नेतृत्व

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २९, आईतबार (२ महिना अघि)
  • १०४ पटक पढिएको
गभर्नरमा पाण्डे निर्वाचित, लायन्स डिष्ट्रिक्ट ३२५ ‘एस’ मा नयाँ नेतृत्व

काठमाडौं, २९ चैत। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को लायन वर्ष २०२६–२०२७ को लागि नयाँ नेतृत्व चयन भएको छ । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर पदमा वीरगञ्जका चर्चित समाजसेवी एवं सफल व्यवसायी रामबिहारी पाण्डे निर्वाचित हुनुभएको छ ।

त्यसैगरी, प्रथम उप–गभर्नर पदमा हेटौंडाकि वरिष्ठ समाजसेवी एवं सफल महिला उद्यमी अंकीता सुमार्गी र द्वितीय उप–गभर्नर पदमा काठमाडौंका वरिष्ठ समाजसेवी एवं उद्यमी महेश पोखरेल निर्वाचित हुनुभएको छ ।

नवनिर्वाचित गभर्नर पाण्डे लायन्स आन्दोलनमा विगत २९ वर्षदेखि सक्रिय रहँदै आउनु भएको एक अनुभवी तथा समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई नमुना डिष्ट्रिक्टको रूपमा विकास गर्ने लक्ष्य राख्दै सदस्यता विस्तार, नेतृत्व विकास, प्रविधिमैत्री व्यवस्थापन तथा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवसेवा सम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना अघि सार्नु भएको छ ।

त्यसैगरी, नवनिर्वाचित प्रथम उप–गभर्नर अंकीता सुमार्गी तथा द्वितीय उप–गभर्नर महेश पोखरेलले पनि डिष्ट्रिक्टको समग्र विकास तथा सदस्यहरूको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

नयाँ नेतृत्व चयनसँगै डिष्ट्रिक्ट ३२५ ‘एस’ मा नयाँ ऊर्जा, उत्साह र सक्रियता थपिने विश्वास लिइएको छ । लायन्स सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस