कलैया सिटी जेसिज को जेसिज सप्ताह-२०२१ अन्तर्गत आज पाँचौं दिन छैठो कार्यक्रम सम्पन्न
अमरेस कुमार पाण्डेय
बारा, ११ भदौ
कलैया सिटी जेसिज को जेसिज सप्ताह २०२१ अन्तर्गत आज पाँचौं दिन छैठो कार्यक्रम ट्राफिक सचेतना मास्क तथा ज्याकेट वितरण कार्यक्रम कलैया सिटी जेसिजको अध्यक्ष शम्भू कुमार गुप्ताको अध्यक्षतामा प्रसौनी गा.पा. स्थित गण्डक चौकमा सम्पन्न भयो ।
उक्त कार्यक्रम मा ट्राफिक पोष्ट लाई ५ थान ज्याकेट सहित १००० थान मास्क सर्वसाधारणलाई बितरण गरी ट्राफिक सचेतना सम्वन्धी कार्यक्रम भएको थियो । कार्यक्रम सभ्य र भव्य बनाउन सक्रिय सहभागिता जनाउनु हूने सम्पूर्ण कलैया सिटी जेसिज का पदाधिकारि तथा सदस्यहरु लाइ कलैया सिटी जेसिज का अध्यक्ष गुप्ताले धन्यबाद ज्ञापन गरेका छन् ।
कार्यक्रम मा कलैया सिटी जेसिज का उपाध्यक्ष सन्दीप शाह, बोर्ड सलाहकार सन्दीप बरै, सदस्यहरु अंकुश बायहुत, अर्जुन गुप्ता, गणेश कुमार साह, भोला साह, सञ्जय कुशवाहा, कानूनी सल्लाहाकार सावित्रि शर्मा, कोषाध्यक्ष सुबास जयसवाल, शाखा सम्पादक उमेश शाह, संजय कुशवाहा लगायत कलैया सिटी जेसिज का पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।
Leave a Reply
You must be logged in to post a comment.