Wartman Kal DainikOnline News Portal

छ लाख रकमसहित हुण्डी कारोबार गर्ने एक जना मानिस पक्राउ

August 28, 2021 · Best Design Nepal

पर्सा/११ भादौ
जिल्ला प्रहरी कार्यालय पर्सा ध्दारा मिति २०७८।०५।११ गते ०९:३० बजे यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट वीरगञ्ज म.न.पा.वडा नं.१६ शंकराचार्य गेटमा खटिएको नियमित चेकिङ टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.८ प १८७ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकललाई रोकी जाँच गर्दा मो.सा.मा सवार जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१ बस्ने वर्ष ६० को स्वामीनाथ प्रसाद साह तेलीले लगाएको पाईन्टको अगाडि पट्टीको खल्तीमा श्रोत नखुलेको नेपाली रू.६,००,०००।– (छ लाख) फेला परेको हुँदा उक्त रकम बरामद गरी उल्लेखित मो.सा.सहित निजलाई नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

Leave a Reply